२१ मंसिर २०८२, आइतबार | December 7, 2025

नेकपा सचिवालय बैठक भोलिसम्म स्थगित



काठमाडौं । हिजोदेखि सुरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवाल बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

बिहान ११ बजे पेरिसडाँडामा बस्ने भनिएको बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

तर अब भोलि मंगलबार मध्यान्न १२ः३० बजे बस्ने गरी बैठक स्थगित भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

हिजोबाट सुरु बैठकका एजेण्डमा थप गृहकार्य गर्नका लागि बैठक स्थगित भएको सापकोटाले बताए । प्रेस संयोजक सापकोटाका अनुसार बैठक बस्ने स्थानबारे भने अहिल्यै तय भैसकेको छैन । यसबीचमा अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीबीच थप छलफल समेत हुनेछ ।

सचिवालय बैठकमा चार वटा एजेण्डामाथि छलफल हुने भएको छ । जसमध्ये मन्त्रिपरिषद् पुनर्गठनका बारेमा हिजो औपचारिक छलफल सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए ।

यसबाहेक संवैधिानिक निकायमा रिक्त पदपूर्ति, पार्टीको सांगठनिक एकता पुरा गर्ने विषय र विविध विषयको एजेण्डा रहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ११ : ३५ बजे

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले

३३ वर्षिया महिला बलात्कार आरोपमा ३० वर्षिय शाही पक्राउ

कोहलपुर । बाँके प्रहरीले जबरजस्ती करणी आरोपमा एकजनालाई पक्राउ गरेको

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा । दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौँ । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी

अन्तिम खेलमा कर्णाली याक्सको विजय, जनकपुर बोल्ट्स ४ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत लिग