१० श्रावण २०८३, आइतबार | July 26, 2026

एकै दिन बाँकेमा थपिए ५२ नयाँ कोरोना संक्रमित, सोमबार डिस्चार्ज हुने संख्या ६ जना मात्र



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा परीक्षण गरिएको पीसीआर परीक्षणबाट ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार भेरी अस्पतालको प्रयोगशालामा भएको पीसीआर परीक्षणबाट ४३ जना, नेपालगन्ज मेडिकल कलेजको ल्यावबाट ८ जना र बागेश्वरी पीसीआर ल्याबबाट १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार कोरोना पुष्टि भएकाहरुमा सबै भन्दा बढी नेपालगन्ज उपमहानगरका रहेका छन् । नेपालगन्जका ३७ जनामा संक्रमण पुष्टि भएको छ भने कोहलपुरका २ जना, बैजनाथ का २ जना, राप्तीरोनारीका र खजुराको १।१ जनामा संक्रमण पुष्टि भएको छ । केहि संक्रमितको ठेगाना बाँके बाहिर लेखिएको भएपनि उनीहरुको बाँकेमै थपिएका संक्रमितमा गणना हुने स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

सोमबार थपिएसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १६५१ जना पुगेको छ । सोमबार डिस्चार्ज भएर ६ जना घर फर्केपछि बाँकेमा सोमबार सम्ममा १२५० जना कोरोना मुक्त भएर घर फर्केका छन् । बाँकेमा ११ जनाको कोरोना संक्रमितको ज्यान गएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ४ : ३० बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले