१९ बैशाख २०८१, बुधबार | May 1, 2024

एकै दिन बाँकेमा थपिए ५२ नयाँ कोरोना संक्रमित, सोमबार डिस्चार्ज हुने संख्या ६ जना मात्र



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा परीक्षण गरिएको पीसीआर परीक्षणबाट ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार भेरी अस्पतालको प्रयोगशालामा भएको पीसीआर परीक्षणबाट ४३ जना, नेपालगन्ज मेडिकल कलेजको ल्यावबाट ८ जना र बागेश्वरी पीसीआर ल्याबबाट १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार कोरोना पुष्टि भएकाहरुमा सबै भन्दा बढी नेपालगन्ज उपमहानगरका रहेका छन् । नेपालगन्जका ३७ जनामा संक्रमण पुष्टि भएको छ भने कोहलपुरका २ जना, बैजनाथ का २ जना, राप्तीरोनारीका र खजुराको १।१ जनामा संक्रमण पुष्टि भएको छ । केहि संक्रमितको ठेगाना बाँके बाहिर लेखिएको भएपनि उनीहरुको बाँकेमै थपिएका संक्रमितमा गणना हुने स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

सोमबार थपिएसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १६५१ जना पुगेको छ । सोमबार डिस्चार्ज भएर ६ जना घर फर्केपछि बाँकेमा सोमबार सम्ममा १२५० जना कोरोना मुक्त भएर घर फर्केका छन् । बाँकेमा ११ जनाको कोरोना संक्रमितको ज्यान गएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ४ : ३० बजे

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी

साउन १ देखि पशुपतिको विद्युतीय शवदाह गृह निःशुल्क

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह आगामी साउन १ गतेदेखि

गर्मी बढे सँगै मधेशको विद्यालयको पठनपाठन प्रभावित

राैतहट । चालिस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन

नेपाल वेस्ट इन्डिज ए सँग पराजित

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ

चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताको पक्षमा – देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले हालै