६ भदौ २०८३, शनिबार | August 22, 2026

हवाई उडान सुचारु भएसँगै धनगढीका पर्यटन व्यवसायी उत्साहित



धनगढी । सोमबारदेखि आन्तरिक उडान सूचारु भएपछि घनगढी क्षेत्रका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् ।

हवाई सेवा सुरु भएपछि होटल व्यवसाय चलायमान हुने र पर्यटन क्षेत्रलाई फाइदा पुग्ने भन्दै व्यवसायीहरु उत्साहित भएका हुन् ।

हवाई उडान नियमित भएपछि होटल व्यवसाय पुरानै लयमा फर्कने आशामा रहेको व्यवसायीहरु बताउँछन् । त्यस्तै यात्रुहरुले पनि आवागमन सहज भएको बताएका छन् ।

कोरोना सङ्क्रमण रोकथामका लागी बन्द गरीएको हवाई उडान आन्तरिक रूपमा सुचारु भएवपछि सोमबार बुद्ध एयरले काठमाडौं–धनगढी उडान ग-यो । नियमित उडान सूचारु भएपछि धनगढी विमानस्थल हवाई यात्राका लागि आउने मानिसहरु जहाजको पर्खाइमा थिए । हवाई उडान सुचारु भएसँगै बन्दाबन्दीका कारण सडक यातायातमा चर्काेमुल्य तिरेर यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको यात्रुहरुले बताएका छन् ।

हवाई यातायात सुरु भए सँगै हुने आवत–आवतले केही राहत मिल्ने भन्दै होटेल व्यवसाय पनि उत्साहित भएकाछन् । गत चैत महिना याता ठप्प रहेका होटलहरुमा यात्रुको आवागमन हुन भन्दै व्यवसायीहरू पनि आन्तरिक तयारीमा छन् ।

यद्यपी अन्तराष्ट्रिय नाका नखुले सम्म र गोष्ठी, सेमिनारहरू नभएसम्म व्यवसायले गति लिन नसक्ने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर बताउँछन् ।

कोरोना कहरकै कारण सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० प्रभावित हुँदा पनि व्यवसायीहरुको लगानी डुब्ने खतरामा छ ।

आन्तरिक उडान सुरु भए सँगै कोरोना कहरका कारण धराशायी बनेको पर्यटन व्यवसायले अव भने क्रमिक रूपमा गति लिने अपेक्षा भएपनि चुनौति धेरै नै रहेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

धनगढी विमानस्थलका प्रमुख तेज बुढाथापाले विमानस्थलमा सबै एयरलाइन्सले उडान सुचारु गर्ने तयारी गरिरहेको बताए । एयरलाइन्सहरुले पुरानै भाडा दरमा यात्रु बोकिरहेकाले यात्रुहरुको आवागमनमा सहज हुने पनि थापाले जनाए ।

कोरोना संक्रमण दर बढ्दै गइरहेको अवस्थामा विमान सुचारु भए पछि सक्रमण झन् भयावह बन्ने हो कि भन्ने आशंकामा व्यवसायीहरु अझैपनि छन् । तरपनि चैत ९ गतेदेखि बन्द रहेका आन्तरिक उडान सुरु गर्न विमानस्थल र हवाई कम्पनी तम्तयार अवस्थामा छन् ।

कोरोनाबाट बच्दै र बचाउँदै उडानलाई नियमित गर्ने तयारीमा एयरलाइन्सहरु छन् । विमानस्थलले पनि कोभिड १९ संक्रमण रोकथामका लागि तयार पारेको मापदण्ड पूर्ण रुपमा लागू गरिएको बताएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ३ : ५३ बजे

स्वेजको विकल्प बन्दै नर्दन सी रुट ‘आर्कटिक मार्ग’, व्यावसायिक चुनौती कायमै

पेरिस । खाडी क्षेत्रमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

धनगढी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज

ओलीको दाबी – बालेन्द्र सरकार पाँच वर्ष टिक्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी