१ पुस २०८२, मंगलबार | December 16, 2025

कोरोना विशेष अस्पताल बुटवलमा एकै दिन २ जनाको मृत्यु



बुटवल । बुटवलको कोरोना अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नवलपरासी पश्चिम र कपिलवस्तुबाट उपचारका लागि कोरोना बिशेष अस्पतालमा भर्ना भएका दुई जनाको एकै रात फरक फरक समयमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उनीहरु दुवैजनाको बिगत सात दिनदेखि भेन्टिलेटरको सहयोगमा उपचार चलिरहेको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको छ ।

यसैगरी असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको छ ।

नवलपरासीका संक्रमितमा कलेजो र मिर्गौलाको दीर्घ रोग रहेको र कपिलवस्तुको मृतकमा मधुमेह र मिर्गौलाको दीर्घ रोग रहेको प्रवक्ता डा. गौतमले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ८ : ४९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज