२३ बैशाख २०८१, आइतबार | May 5, 2024

कोरोना संक्रमित ७० हजार भन्दा बढी, शुक्रबार थपिए १ हजार ३१३ जना



काठमाडौं । कोरोना भाइरसका संक्रमित ७० हजार भन्दा बढी पुगेका छन् ।

गत चैतमा कतारबाट आएकी एक युवतीबाट सुरु भएको नेपालको कोरोना भाइरसको संक्रमण पछिल्ला दिनमा दिनप्रतिदिन बढिरहेको छ ।

संक्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउन हटेसँगै संक्रमितहरुको संख्या पनि तिब्र गतिमा फैलिरहेको छ । घना वस्ती भएका काठमाडौं जस्ता शहरमा नै सबैभन्दा धेरै संक्रमित थपिँदै गएका छन् ।

शुक्रबार भाइरसका १ हजार ३३१ जना नयाँ संक्रमित थपिएका छन् ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार २६२ पीसीआर परीक्षणमा १ हजार ३१३ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले दिएको तथ्यांक अनुसार हालसम्म देशभर संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

सक्रिय संक्रमित १८२८९ रहेको छ । संस्थागत आइसोलेसनमा ८ हजार २३७ जना रहेका छन । होम आइसोलेसनमा १० हजार ५२ जना रहेका छन् ।

२४ घण्टामा संक्रमण मुक्त भएर निको हुनेको संख्या १ हजार ४५५ रहेका छन् ।

६ जनाको मृत्यु

कोरोना संक्रमणबाट ३ जना महिलासहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, काठमाडौं र कपिलवस्तुका एक एक जना महिला रहेका छन् ।

यस्तै, मोरङ, सप्तरी र ललितपुरका एक एक जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आजसम्म ४५९ जनाको मृत्यु भएको छ ।

 

 

 

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ४ : २१ बजे

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa

कांग्रेसको नारावाजीका बीच गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत प्राप्त

सकियो अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी : लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न नेपाल सरकारसँग

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका