१० श्रावण २०८३, आइतबार | July 27, 2026

काठमाडौंमा थपिए ७२४ संक्रमित, १० भन्दा बढी संक्रमित कुन कुन जिल्लामा ?



काठमाडौं । कोरोना भाइरसको महामारीले सिंगो देश नै प्रभावित छ । भाइरसका संक्रमित नै नभएका ६ जिल्लालाई छोड्ने हो भने ७१ जिल्लामा संक्रमण फैलिएको छ ।

सबैभन्दा धेरै संक्रमित देशको राजधानी काठमाडौं रहेको छ । सबैभन्दा धेरै घनावस्ती भएको काठमाडौंमा मात्रै कुल संक्रमितको ५० प्रतिशत बढी संक्रमित थपिएका छन् शनिबार पनि ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक केलाउने हो भने यो प्रवृति विगत केहिदिन यता निरन्तर चलिरहेको छ ।

काठमाडौं उपत्यकामा ७२४ जना संक्रमित बढेका छन् । जसमध्ये काठमाडौंमा मात्रै ५८३ जना रहेका छन् । यस्तै, ललितपुरमा ७८ जना र भक्तपुरमा ६३ जना संक्रमित थपिएका छन् ।

शनिबार उपत्यकाबाहिर सबैभन्दा धेरै मोरङमा ७८ जना संक्रमित थपिएका छन् । मोरङलाई पच्छयाउँदै प्रदेश ५ को राजधानी रुपन्देही अघि आएको छ । रुपन्देहीमा ७३ जना संक्रमित थपिएका छन् । बाँकेमा ३० जना संक्रमित थपिएका छन् । यसैगरी दाङमा २८ जना संक्रमित थपिएका छन् ।

गत साउन महिना भर कोरोना संक्रमणको हटस्पट बनेको पर्सा जिल्लामा भने संक्रमितहरु न्यून बन्दै गएका छन् । शनिबार पर्सामा २८ जनामा मात्र संक्रमण पुष्टि भएको छ । यस्तै, सुनसरी जिल्लामा २३ जनामा संक्रमण पुष्टि भएको छ ।

काभ्रेमा १७ जना, सिन्धुली र डोटीमा १५/१५ जना थपिएका छन् भने अछामा १३ जना संक्रमित थपिएका छन् । यस्तै, प्रदेश २ को सप्तरीमा ११ जना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशको राजधानी कास्की र नवलपरासीमा १०/१० जनामा मात्र संक्रमण देखिएको छ । चितवनमा १२ जना संक्रमित बढेका छन ।

शुन्य संक्रमित भएका ६ वटा हिमाली जिल्ला रहेका छन् । जसमा रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला रहेका छन् ।

 

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ५ : ०२ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले