२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

काठमाडौंमा थपिए ७२४ संक्रमित, १० भन्दा बढी संक्रमित कुन कुन जिल्लामा ?



काठमाडौं । कोरोना भाइरसको महामारीले सिंगो देश नै प्रभावित छ । भाइरसका संक्रमित नै नभएका ६ जिल्लालाई छोड्ने हो भने ७१ जिल्लामा संक्रमण फैलिएको छ ।

सबैभन्दा धेरै संक्रमित देशको राजधानी काठमाडौं रहेको छ । सबैभन्दा धेरै घनावस्ती भएको काठमाडौंमा मात्रै कुल संक्रमितको ५० प्रतिशत बढी संक्रमित थपिएका छन् शनिबार पनि ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक केलाउने हो भने यो प्रवृति विगत केहिदिन यता निरन्तर चलिरहेको छ ।

काठमाडौं उपत्यकामा ७२४ जना संक्रमित बढेका छन् । जसमध्ये काठमाडौंमा मात्रै ५८३ जना रहेका छन् । यस्तै, ललितपुरमा ७८ जना र भक्तपुरमा ६३ जना संक्रमित थपिएका छन् ।

शनिबार उपत्यकाबाहिर सबैभन्दा धेरै मोरङमा ७८ जना संक्रमित थपिएका छन् । मोरङलाई पच्छयाउँदै प्रदेश ५ को राजधानी रुपन्देही अघि आएको छ । रुपन्देहीमा ७३ जना संक्रमित थपिएका छन् । बाँकेमा ३० जना संक्रमित थपिएका छन् । यसैगरी दाङमा २८ जना संक्रमित थपिएका छन् ।

गत साउन महिना भर कोरोना संक्रमणको हटस्पट बनेको पर्सा जिल्लामा भने संक्रमितहरु न्यून बन्दै गएका छन् । शनिबार पर्सामा २८ जनामा मात्र संक्रमण पुष्टि भएको छ । यस्तै, सुनसरी जिल्लामा २३ जनामा संक्रमण पुष्टि भएको छ ।

काभ्रेमा १७ जना, सिन्धुली र डोटीमा १५/१५ जना थपिएका छन् भने अछामा १३ जना संक्रमित थपिएका छन् । यस्तै, प्रदेश २ को सप्तरीमा ११ जना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशको राजधानी कास्की र नवलपरासीमा १०/१० जनामा मात्र संक्रमण देखिएको छ । चितवनमा १२ जना संक्रमित बढेका छन ।

शुन्य संक्रमित भएका ६ वटा हिमाली जिल्ला रहेका छन् । जसमा रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला रहेका छन् ।

 

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ५ : ०२ बजे

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी आयोजना

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले लुम्बिनीमा अन्तराष्ट्रिय

विश्व प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले आज संसारभर उत्सव

विश्वकप क्रिकेट खेल्ने विद्यार्थीलाई फिनिक्स कलेजले गर्यो सम्मान

काठमाडौ । विश्वकप क्रिकेट खेल्ने विद्यार्थीहरुलाई फिनिक्स कलेजले सम्मान गरेको

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

सिरहा । आफ्नै बुवा ५१ वर्षीय चन्दर यादवको कुटपिट गरी

देश दैडाहमा चलचित्र ‘खजुरे ब्रो’को टिम

बुटवल । नेपाली चलचित्र ‘खजुरे ब्रो’को टिम चलचित्रको प्रमोसनको लागी