१० श्रावण २०८३, आइतबार | July 27, 2026

जाजरकोटका कोरोना संक्रमित महिलाको उपचारका क्रममा बाँकेमा मृत्यु



नेपालगन्ज । जाजरकोटबाट उपचारका लागि बाँके आएका एकजना कोरोना संक्रमितको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि जाजरकोट चुनिचँदी गाँउपालिकाका ७६ वर्षिया महिलाको आज मध्यान्ह २ः१५ बजे मृत्यु भएको हो ।

असोज ५ गते उपचारका लागि मेडिकल कलेज पुगेका उनीमा कोरोनाको चिन्ह देखिएपछि मेडिकल कलेजको पीसीआर प्रयोगशालामा परीक्षण गर्दा असोज ६ गते उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा थप समस्या देखिएपछि आज उपचारका लागि मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको स्वास्थ्य कार्यालय काँकेका अधिकृत एवं कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

बाँकेमा जिल्ला बाहिरबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्या ७ पुगेको छ । आज मृत्यु भएका संक्रमित महिलामा पित्त थैलीमा पहिले देखिनै समस्या रहेको र उपचार चलिरहेको पारिवारीक श्रोतलाई उदृद गर्दै स्वास्थ्य कार्यालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ४ : ३५ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले