११ बैशाख २०८१, मंगलबार | April 23, 2024

जाजरकोटका कोरोना संक्रमित महिलाको उपचारका क्रममा बाँकेमा मृत्यु



नेपालगन्ज । जाजरकोटबाट उपचारका लागि बाँके आएका एकजना कोरोना संक्रमितको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि जाजरकोट चुनिचँदी गाँउपालिकाका ७६ वर्षिया महिलाको आज मध्यान्ह २ः१५ बजे मृत्यु भएको हो ।

असोज ५ गते उपचारका लागि मेडिकल कलेज पुगेका उनीमा कोरोनाको चिन्ह देखिएपछि मेडिकल कलेजको पीसीआर प्रयोगशालामा परीक्षण गर्दा असोज ६ गते उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा थप समस्या देखिएपछि आज उपचारका लागि मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको स्वास्थ्य कार्यालय काँकेका अधिकृत एवं कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

बाँकेमा जिल्ला बाहिरबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्या ७ पुगेको छ । आज मृत्यु भएका संक्रमित महिलामा पित्त थैलीमा पहिले देखिनै समस्या रहेको र उपचार चलिरहेको पारिवारीक श्रोतलाई उदृद गर्दै स्वास्थ्य कार्यालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ४ : ३५ बजे

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको

बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो मातृभाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फरक फरक भाषा बोल्ने

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

मलेखु । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै

गृहमन्त्री लामिछाने भन्छन्- तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्छ

काठमाडौं  । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकका अभ्यासहरुलाई

बुटवल उपमहानगरले ल्यायो चार भाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा