२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

नौलो बहुउद्देश्यीय सहकारीद्धारा रक्तदान



बुुुटवल । बुुटवल-७ दीपनगरस्थित नौलो बहुुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मंगलबार बुुटवलमा खुुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।                  सहकारीले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तगर्त गर्ने रक्तदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको हो । रक्तदानमा सहरकारी सदस्य र अन्य व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो । रक्तदान कार्यक्रमको बुुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुुवेदीले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै मेयर सुुवेदीले महामारीका बेला रगतको अभाव हुुन सक्ने भन्दै रक्तदान गर्न सबैलाई आग्रह गरे । उनले रक्तदान जीवनदान सरह भएकोले कसैको जीवन बनाउन रक्तदान महत्वपूर्ण हुुने बताए ।
कार्यक्रममा नेपाल स्वमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले हरेक तीन÷तीन महिनामा निरोगी व्यक्तिले रक्तदान गरेका रगत आवश्यक पर्ने बिरामीका लागि कहिल्यै रगतको अभाव नहुुने बताए ।
कार्यक्रममा ४२ युुनिट रगत संकलन भएको सहकारीका सञ्चालक समिति सदस्य तथा शिक्षा समितिका संयोजक विकासजंग बस्नेतले जानकारी दिए । कार्यक्रममा बुुटवल वडा नम्बर ७ का कार्यवहाक अध्यक्ष नविन थापा, बुुटवल नगर योजना आयोगका सदस्य सचिव मेघराज भटटराई लगायतले बोलेका थिए ।
सहकारीका अध्यक्ष माधवप्रसाद श्रेष्ठका अध्यक्षता तथा सचिव सुधन अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सहकारीमा ३७५ शेयर सदस्य छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ११ : ५१ बजे

रास्वपा सांसद रमेश प्रसाईंको प्रश्न – प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यास अभाव छ कि छैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले देशभर

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता

ढल्केबर ट्रमा सेन्टरको योजना सारिएको भन्दै कांग्रेस सांसदको मौन विरोध

काठमाडौं । धनुषाको ढल्केबरमा निर्माण प्रस्ताव गरिएको ट्रमा सेन्टरको योजना

कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई