३ पुस २०८२, बिहिबार | December 18, 2025

बैठक कोरोना रोकथाम र नियन्त्रणको, छलफल गाईभैंसी, भेंडाबाख्राका



बर्दिया । बर्दियामा जिल्ला कोरोना संकट ब्यवस्थापन केन्द्रको आयोजनामा जिल्लामा कोरोना संक्रमण रोकथाम तथा सतर्कता अपनाउन बसेको बैठकमा कोरोना रोकथामका कुरा छाडेर गाई, भैंसी, बाख्राका बिषयमा गरमागरम छलफल भएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियामा भएको छलफलमा बिषयान्तर गर्दै केहि जनप्रतिनिधिहरुले प्रहरीले घरमै पालेका गाई, भैंसी र बाख्रा बिक्रिबितरण गर्दा समेत भारतबाट ल्याएको झुठा आरोप लगाएर दुःख दिनेगरेको बिषय प्रवेश गराएपछि बैठक कोरोनाको भन्दा गाई भैंसीका बिषयमा केन्द्रित भएको थियो ।

कोरोना रोकथामको बैठकमा गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्क्तीनाथ यादवले गुलरिया नगरपालिकाका किसानहरुले भेडा, बाख्रा, भैँसी किन्न, बेच्न प्रहरीले अवरोध गरेको भन्दै किसानलाई उभ्याएर गोली ठोक्नुस् भन्दै जङ्गिएपछि बैठकको छलफललले अर्कै मोड लिएको बैठकमा सहभागि एक पालिकाका अध्यक्षले बताएका छन् । प्रहरीले घरमै पालेर हुर्केका गाईबस्तु बिक्रि बितरण गर्दा समेत भारतबाट ल्याएको भन्दै दुःख दिने गरेको भन्दै वस्तुभाउको डीएनए परीक्षण गराउन प्रशासनलाई नगर प्रमुख यादवले चुनौती दिएका थिए ।

यादव भन्दा मधुवन नगरपालिकाका नगरप्रमुख गणेश बहादुर क्षेत्री पनि के कम् । उनले पनि प्रहरीले भारतसंग सिमा जोडिएको मधुवन नगरपालिकाका किसानले आफुले पालेको भैँसी बेच्दा पनि दिएको भन्दै कहाँबाट कसरी ल्याएको हो नबुझि भैँसी र मान्छे नियन्त्रणमा लिएर भन्सारमा बुझाउने गरेको आरोप लगाए ।

बैठकमा सहभागि बर्दियाका प्रहरी प्रमुख एसपी केदार रजौरे तर्फ औंला ठड्याउंदै नगरप्रमुख क्षेत्रीले अब किसानले आफुले पालेका भेडा, बाख्रा, भैँसी बेच्दा पनि प्रहरीको रोहबरमा बेच्नु पर्ने भयो हैन ? भन्दै प्रश्न उठाएपछि अवस्था अझै चर्काचर्किमा पुगेको थियो । उनले साना किसानलाई दुःख दिने, ठुला तस्करलाई तपाईँहरुको मिलोमतोमा उम्कन दिने, वास्तवमा तस्कर गर्नेसंग प्रहरी मिलेका कारण तस्कर भएको छ र बढेको बताए ।

चर्काचर्कि कै बिच बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले सबैलाई बस्न आग्रह गर्दै छलफलनै नगरि केहि कोरोना रोकथाम सम्बन्धि निर्णय सुनाएर बैठक समापन गरेका थिए ।

बर्दियाका सिमावर्ती गाँउहरुमा केहि पशु चौपायका तस्करहरुले भारतबाट गोरु, भैंसीको तस्करी गर्ने गरेको बाहानामा प्रहरीले सोझा किसानहरुलाई दुःख दिने गरेको जनप्रतिनिधिहरुको भनाई छ । जिल्लाको सदरमुकाम गुलरिया सहित बर्दियाका धेरै स्थानहरु भारतीय नाकासँग जोडिएको छ । सीमावर्ती क्षेत्रका नेपालीहरु नेपाल सरकारले सहजरुपमा रासायनिक मल, बिउ उपलब्ध गराउन नसकेको अवस्थामा भारतीय बजारबार्ट आश्रित हुने गरेका छन् । बर्दियामा खुल्ला सिमाना भएका कारण घांस दाउरा, गाईवस्तुको चरण समेत भारतीय भूमिमा हुने गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ९ : ५० बजे

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई