११ श्रावण २०८३, सोमबार | July 27, 2026

बैठक कोरोना रोकथाम र नियन्त्रणको, छलफल गाईभैंसी, भेंडाबाख्राका



बर्दिया । बर्दियामा जिल्ला कोरोना संकट ब्यवस्थापन केन्द्रको आयोजनामा जिल्लामा कोरोना संक्रमण रोकथाम तथा सतर्कता अपनाउन बसेको बैठकमा कोरोना रोकथामका कुरा छाडेर गाई, भैंसी, बाख्राका बिषयमा गरमागरम छलफल भएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियामा भएको छलफलमा बिषयान्तर गर्दै केहि जनप्रतिनिधिहरुले प्रहरीले घरमै पालेका गाई, भैंसी र बाख्रा बिक्रिबितरण गर्दा समेत भारतबाट ल्याएको झुठा आरोप लगाएर दुःख दिनेगरेको बिषय प्रवेश गराएपछि बैठक कोरोनाको भन्दा गाई भैंसीका बिषयमा केन्द्रित भएको थियो ।

कोरोना रोकथामको बैठकमा गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्क्तीनाथ यादवले गुलरिया नगरपालिकाका किसानहरुले भेडा, बाख्रा, भैँसी किन्न, बेच्न प्रहरीले अवरोध गरेको भन्दै किसानलाई उभ्याएर गोली ठोक्नुस् भन्दै जङ्गिएपछि बैठकको छलफललले अर्कै मोड लिएको बैठकमा सहभागि एक पालिकाका अध्यक्षले बताएका छन् । प्रहरीले घरमै पालेर हुर्केका गाईबस्तु बिक्रि बितरण गर्दा समेत भारतबाट ल्याएको भन्दै दुःख दिने गरेको भन्दै वस्तुभाउको डीएनए परीक्षण गराउन प्रशासनलाई नगर प्रमुख यादवले चुनौती दिएका थिए ।

यादव भन्दा मधुवन नगरपालिकाका नगरप्रमुख गणेश बहादुर क्षेत्री पनि के कम् । उनले पनि प्रहरीले भारतसंग सिमा जोडिएको मधुवन नगरपालिकाका किसानले आफुले पालेको भैँसी बेच्दा पनि दिएको भन्दै कहाँबाट कसरी ल्याएको हो नबुझि भैँसी र मान्छे नियन्त्रणमा लिएर भन्सारमा बुझाउने गरेको आरोप लगाए ।

बैठकमा सहभागि बर्दियाका प्रहरी प्रमुख एसपी केदार रजौरे तर्फ औंला ठड्याउंदै नगरप्रमुख क्षेत्रीले अब किसानले आफुले पालेका भेडा, बाख्रा, भैँसी बेच्दा पनि प्रहरीको रोहबरमा बेच्नु पर्ने भयो हैन ? भन्दै प्रश्न उठाएपछि अवस्था अझै चर्काचर्किमा पुगेको थियो । उनले साना किसानलाई दुःख दिने, ठुला तस्करलाई तपाईँहरुको मिलोमतोमा उम्कन दिने, वास्तवमा तस्कर गर्नेसंग प्रहरी मिलेका कारण तस्कर भएको छ र बढेको बताए ।

चर्काचर्कि कै बिच बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले सबैलाई बस्न आग्रह गर्दै छलफलनै नगरि केहि कोरोना रोकथाम सम्बन्धि निर्णय सुनाएर बैठक समापन गरेका थिए ।

बर्दियाका सिमावर्ती गाँउहरुमा केहि पशु चौपायका तस्करहरुले भारतबाट गोरु, भैंसीको तस्करी गर्ने गरेको बाहानामा प्रहरीले सोझा किसानहरुलाई दुःख दिने गरेको जनप्रतिनिधिहरुको भनाई छ । जिल्लाको सदरमुकाम गुलरिया सहित बर्दियाका धेरै स्थानहरु भारतीय नाकासँग जोडिएको छ । सीमावर्ती क्षेत्रका नेपालीहरु नेपाल सरकारले सहजरुपमा रासायनिक मल, बिउ उपलब्ध गराउन नसकेको अवस्थामा भारतीय बजारबार्ट आश्रित हुने गरेका छन् । बर्दियामा खुल्ला सिमाना भएका कारण घांस दाउरा, गाईवस्तुको चरण समेत भारतीय भूमिमा हुने गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ९ : ५० बजे

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम

आजको मौसम : धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेकाले

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा