१ पुस २०८२, मंगलबार | December 17, 2025

पीसीआर शुल्क बढी लिने प्रयोगशालाको अनुमति रद्द हुने, अटेर गरे कालोबजारीको अभियोग लगगाइने



काठमाडौं । पीसीआर परीक्षण गर्दा सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताल एवं प्रयोगशालाहरुमाथि कालोबजारी गरेको अभियोगमा कारवाही हुने भएको छ ।

सरकारले गत भदौ २९ गते २ हजार रुपैयाँ भन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले तोकिएको भन्दा बढी शुल्क लिने अस्पताल र प्रयोगशालालाई कालोबजारी गरेको अभियोगमा कारवाही गर्न गृहमन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पीसीआर परीक्षणको बढी शुल्क लिने ८ वटा अस्पताल एवं प्रयोगशालालाई २४ घण्टे निर्देशन दिएका छन् । प्रवक्ता गौतमले भने, ‘२४ घण्टासम्म उनीहरुलाई अनुरो गरिएको छ, त्यसपछि पनि शुल्क नघटाएर प्रयोगशाला अनुमति खारेज गरिने छ ।’

स्टार हस्पिटल, ह्याम्स हस्पिटल, बी एण्ड बी हस्पिटल, मेडिसिटी, डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर प्रालि, सेन्ट्रल डायग्नोस्टिक ल्याबरोट्री एन्ड रिसर्च सेन्टर र इन्ट्रिपिड डायग्नोस्टिक सेन्टरले तोकिएको भन्दा बढी शुल्क लिएको गौतमले जनाए ।

स्वास्थ मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले दिएको प्रतिवेदनका आधारमा शुल्क नघटाउने प्रयोगशालाको अनुमति खारेजका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिने निर्णय गरेको गरिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ४ : ४२ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष