११ श्रावण २०८३, सोमबार | July 27, 2026

बाँकेमा फेरि एकै दिन २ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार क्रममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार मृत्यु हुने संक्रमितमा नेपालगञ्ज उप–महानगरपालिका– ४ का ५२ वर्षिय पुरुष र सुर्खेत घर भएकी ७५ वर्षिया महिला रहेकी छन् । दुवै जनाको बिहीबार बिहान मृत्यु भएको हो ।

गत असोज ६ गते कोरोना पुष्टि भएकी सुर्खेत भेरीगङ्गा -८ की महिला ८ गते मेडिकल कलेज भर्ना भएकी र उपचारका क्रममा गयराती १ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले पुष्टि गरेको छ । त्सैगरि नेपालगन्ज ४ का ५२ वर्षिय पुरुषको गत असोज १० गते कोरोना पुष्टि भएकोमा १२ गते देखि मेडिकल कलेजमा भर्ना भई उपचारका क्रममा बिहिबार बिहान ५ः२० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेमा कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार सुर्खेतकी महिला पहिले देखि नै पित्त थैलीको बिरामी रहेको र नेपालगन्जका मृतकलाई उपचारका क्रममा निमोनिया देखिएको थियो ।

बाँकेमा पछिल्लो समयमा संक्रमितहरु थपिने र कोरोना संक्रमितहरुको मृत्यु हुने क्र पनि बढेर गएको छ । गत मंगलबार पनि मेडिकल कलेजमा उपचाररत २ जनाको एकैदिन मृत्यु भएको थियो । बाँकेमा भेरी अस्पतालमा रहेको कोभिड बिशेष अस्पताल सक्रिय संक्रमितहरुले भरीएको छ भने मेडिकल कलेजमा पनि संक्रमितका लागि छुट्याईएको बेड सकिन लागेको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताए । सक्रिय संक्रमित मध्य २१ जनाको अवस्था गम्भिर रहेको प्रजिअ कुरुम्वाङले बताए ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  १० : ५८ बजे

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम

आजको मौसम : धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेकाले

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा