१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बाँकेमा फेरि एकै दिन २ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार क्रममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार मृत्यु हुने संक्रमितमा नेपालगञ्ज उप–महानगरपालिका– ४ का ५२ वर्षिय पुरुष र सुर्खेत घर भएकी ७५ वर्षिया महिला रहेकी छन् । दुवै जनाको बिहीबार बिहान मृत्यु भएको हो ।

गत असोज ६ गते कोरोना पुष्टि भएकी सुर्खेत भेरीगङ्गा -८ की महिला ८ गते मेडिकल कलेज भर्ना भएकी र उपचारका क्रममा गयराती १ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले पुष्टि गरेको छ । त्सैगरि नेपालगन्ज ४ का ५२ वर्षिय पुरुषको गत असोज १० गते कोरोना पुष्टि भएकोमा १२ गते देखि मेडिकल कलेजमा भर्ना भई उपचारका क्रममा बिहिबार बिहान ५ः२० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेमा कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार सुर्खेतकी महिला पहिले देखि नै पित्त थैलीको बिरामी रहेको र नेपालगन्जका मृतकलाई उपचारका क्रममा निमोनिया देखिएको थियो ।

बाँकेमा पछिल्लो समयमा संक्रमितहरु थपिने र कोरोना संक्रमितहरुको मृत्यु हुने क्र पनि बढेर गएको छ । गत मंगलबार पनि मेडिकल कलेजमा उपचाररत २ जनाको एकैदिन मृत्यु भएको थियो । बाँकेमा भेरी अस्पतालमा रहेको कोभिड बिशेष अस्पताल सक्रिय संक्रमितहरुले भरीएको छ भने मेडिकल कलेजमा पनि संक्रमितका लागि छुट्याईएको बेड सकिन लागेको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताए । सक्रिय संक्रमित मध्य २१ जनाको अवस्था गम्भिर रहेको प्रजिअ कुरुम्वाङले बताए ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  १० : ५८ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु