११ श्रावण २०८३, सोमबार | July 27, 2026

सुर्खेतमा कार्यरत बाँकेका कोरोना संक्रमित चिकित्सकको भेरी अस्पताल नेपालगन्जमा मृत्यु



नेपालगन्ज । बाँकेमा बिहिबार बिहान २ जना कोरोना संक्रमतिको मृत्यु भएको खबर सार्वजानिक भएको ४ घण्टा नबित्दै थप १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार बाँकेमा उपचाररत खजुरा गाँउपालिका वार्ड नम्बर ३ का ५९ वर्षिय अर्थोपेडिक चिकित्सक पुरुषको मृत्यु भएको हो । भाद्र २९ गते कोरोना संक्रमण पुष्टि भएको उनी असोज १ गते भेरी अस्पताल नेपालगन्ज भर्ना भएका थिए । उनको सुर्खेत स्थित पीसीआर प्रयोगशालामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ का ५९ वर्षीय वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको मृत्यु भएको सापकोटाका पारिवारिक सदस्यले पुष्टि गरेका छन् । उनी ११ औं तहका चिकित्सक थिए ।

मृतकको उपचारका क्रममा प्लाज्मा थेरापी, एन्टिबायोटिक तथा रेम्डिसिभिर प्रयोग गर्दा समेत उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । उनको आज अपरान्ह ३ः१० मा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

उनी नेपाल सरकारका अर्थोपेडिक सर्जनकारुपमा कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो चिकित्सक हुन् । उनको मृत्युसँगै बाँकेमा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ४ : ५९ बजे

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम

आजको मौसम : धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेकाले

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा