११ श्रावण २०८३, सोमबार | July 27, 2026

रुपन्देहीमा संक्रमित थपिने क्रमले रेकर्ड कायम गर्दै, बिहिबार थपिए ९१ संक्रमित



बुटवल । रुपन्देहीमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम दिनदिनै बढिरहेको छ । पछिल्लो समय संक्रमितको संख्या बढ्नेसँगै मृत्युको दर पनि बढेको छ । गएको २४ घण्टामा मात्र रुपन्देहीमा ९१ जना नयाँ संक्रमित थपिएका छन् ।

रुपन्देहीमा बुटवल उपमहानगरपालिकामा संक्रमित बढ्ने क्रम पनि हरेक दिन बढिरहेको छ । बुटवलमामात्र ५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लाको तिलोत्तमा नगरपालिकामा १६ जना, सिद्धार्थ नगर नगरपालिकामा ८ जना, सुद्धोदन गाँउपालिकामा ५ जना, सैनामैना नगरपालिकामा ४ जना, सियारी गाँउपालिकामा २ जना तथा रोहिणी र मायादेबी गाँउपालिकामा १।१ जना नयाँ संक्रमित थपिएका छन् ।

बिहिबारसम्ममा रुपन्देहीमा कुल संक्रमितको संख्या २७०२ जना पुगेको छ भने २५ जना कोरोना संक्रमितको जिल्लामा मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ६ : ०२ बजे

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आइतबार औपचारिक

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

बुटवल । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन

शान्ति, संयमता र सामाजिक सद्भाव कायम मन्त्री मेहताको आग्रह

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री

डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री सुरु गर्ने तयारी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच

पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

पोखरा । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०