३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

प्रदेश राजधानीको प्रस्ताव पेश भएसँगै बुटवलमा प्रदर्शन



बुटवल । प्रदेश ५ सरकारले प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रमा तोक्न प्रदेशसभामा प्रस्ताव पेश गरेसँगै बुटवलमा प्रदर्शन सुरु भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले प्रदेशसभामा प्रस्ताव पेश गरे लगत्तै बुटवलमा बिभिन्न स्थानमा स्थानीयकासीले सडकमा टायर बालेर बिरोध प्रदर्शन गर्न सुरु गरेका छन् ।

प्रदेश गठनका बेला गुल्मी पाल्पालाई प्रदेश नम्बर ४ मा मिसाएर प्रदेश टुक्राउने चर्चा चलेपछि बुटवलले झण्डै १ महिना सशक्त आन्दोलन भएको थियो । निर्वाचनका बेला नेकपाका वर्तमान महासचिव बिष्णु पौडेलले बुटवललाई नै राजधानी बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए भने त्यस यता पनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाङका पक्षमा लबिङ गरेपछि पौडेलले त्यसको प्रतिबाद गर्दै बुटवलबाट कुनै हालतमा प्रदेशको राजधानी अन्त जान नसक्ने बताउँदै आएका छन् ।

बुटवलमा राजधानीकै लागि बिभिन्न संघ संस्थाहरुले करोडौं लगानी गरेर बनाउका संरचनाहरु प्रदेशलाई हस्तान्तरण गरिसकेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ४ : ५६ बजे

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण