२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

प्रदेश राजधानी सार्ने प्रस्ताव विरुद्ध काँग्रेसद्वारा आन्दोलनको आह्वान



बुटवल । प्रदेश ५ को राजधानी बुटवलबाट दाङको देउखुरी उपत्यकामा रहेको भालुवाङ सार्ने प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आन्दोलन गर्ने भएको छ ।

नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले शुक्रबा विज्ञप्ति जारी गर्दै प्रदेशसभामा दर्ता भएको प्रस्ताव विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

कांग्रेसको विज्ञप्ति जारी भएसँगै बुटवलमा राजधानीको प्रस्ताव विरुद्ध सडकमा प्रर्दशन समेत भएको छ ।

संसदीय मर्यादाविपरीत विपक्षी सांसदहरूसँग विना कुनै छलफल र बहुसंख्यक जनताको भावनालाई कुल्चिँदै गरिएको प्रस्तावले हामीलाई निकै स्तब्ध र मर्माहत बनाएको सभापति रज्जाकको विज्ञप्तिमा जनाइएको छ।

‘यस्तो प्रस्तावको खिलाफमा कडाभन्दा कडा खालका आन्दोलनहरू सञ्चालन गर्ने जानकारीसमेत दिन चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ।

तत्कालिन प्रधानमन्त्री एवं आफ्ना सभापति शेरबहादुर देउवाको पालामा रुपन्देहीलाई प्रदेश ५ को राजधानी तोकिएको भन्दै काँग्रेसले अहिले हठातमा गरिएको प्रस्तावले यहाँका जनतालाई स्तब्त बनाएको जनाएको छ ।

कांग्रेस जिल्ला सभापति रज्जाकले सरकारको प्रस्ताव विरुद्ध आन्दोलनमा उत्रिन जिल्लाबासीलाई अपील पनि गरेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ५ : २० बजे

टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

दाङ । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा

प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन

रुपन्देहीको फर्साटिकरमा भोलीदेखी दोस्रो शुद्धोदन उद्योग वाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु हुँदै

बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका-६ फर्साटिकरमा भोली मंसिर २४ गतेदेखि

थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा