२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

घर भत्किएपछि १९ दिनकी सुत्केरीको पौवामा बास



अर्घाखाँची । १९ दिनकी सुत्केरी २० वर्षीया विमला नेपाली एक सातादेखि शितगङ्गा नगरपालिका­-१२ कोठियाको पौवामा बसेर शिशुको स्याहारसुसार गरहेकी छन् ।

यही ९ असोजमा दिउँसो घर पहिराेले लगेपछि उनी बच्चालाई लिएर पौवामा बस्न बाध्य भएकी हुन् । ‘बस्दै आएको घर पहिराेले भत्किएपछि पौवामा बसेर ज्यान जोगाएका छौँ । बच्चालाई जेनतेन स्याहार गरेकी छु,’ उनले भनिन्, ‘आफूले पौष्टिक आहार खानुपर्ने समयमा अरूले दिएको राहतको चाउचाउ र बिस्कुटले चार दिन धानियो । पछि राहत आएपछि भात खान पाएको छु ।’

उनी मात्र होइन, २६ दिनकी सुत्केरी सुस्मा नेपाली पनि पौवामा बसेकी थिइन् । उनी पनि पहिराेले घर भत्काएपछि पौवामा आश्रय लिन बाध्य हुनु परेको छ ।

शितगङ्गा नगरपालिकामा जमिन भासिएर पहिरो जाँदा ६१ घरपरिवार विस्थापित भएका छन् । उनीहरू पाटी पौवा र खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् । वडा नम्बर ११ र १२ मा पहिरो जाँदा झण्डै ३ सय घर पहिराेको जोखिममा छन् । सो स्थानमा जमिन धुजाधुजा भएर फाटेको छ ।

नगरपालिका-१२ कोठियामैदान क्षेत्र र वडा नम्बर ११ को ढुङ्गेसेरा क्षेत्रमा जमीन भासिँदा त्यस क्षेत्रका ३ सय घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । कोठियामैदान र ढुङ्गेसेरा क्षेत्रमा चारैतिरबाट जमीन भासिएर पहिरो गएको वडा नम्बर १२ का अध्यक्ष बाबुराम गैरेले बताए ।

ढुङ्गेसेरा क्षेत्रमा जमिन भासिदा पाँच घर पूर्णरूपमा भत्किएका र १३ घर पहिराेको उच्च जोखिममा छन् भने झण्डै २ सय घर पहिराेेको जोखिममा रहेका छन् ।

पहिराेेको क्षतिको यकिन विवरण सङ्कलन गर्न र आवश्यकताको पहिचान गर्न सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको संयोजकत्वमा एक समिति बनाइएको छ । रासस

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ७ : २४ बजे

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी

जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

जुम्ला । सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ

प्रदेश संरचना र जिसस खारेज गर्न गोकुल बास्कोटाको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना तथा