२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

बुटवलको प्रदर्शनमा जनप्रतिनिधिको नेतृत्व, मागे मुख्यमन्त्रीको राजीनामा



बुटवल। प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने सरकारको प्रस्ताव प्रदेश सभामा पेश भए लगत्तै चर्किएको आन्दोलन बुटवलमा आज पनि जारी छ ।

फरकफरक सुरु गरिएको आन्दोलनमा रुपन्देहीका विभिन्न पालिका प्रमुखहरुले पनि नेतृत्व दिन थालेका छन् । बुटवलको प्रदर्शनमा स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको छ ।

तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे , बुटवल उपमहानगरपालिकाका उपमेयर गोमा आचार्य, देवदह नगरपालिकाका मेयर हिरा केसीले सोमबार बिहानको प्रदर्शनलाई सम्बोधन गरेका छन् । उनीहरुले बुटवलबाट राजधानी दाङ सार्ने मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

प्रदेशको राजधानी बुटवलमै राख्नुपर्ने माग राख्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीले प्रशासनको निषेधाज्ञालाई तोडेर सोमबार पनि सडकमा उत्रिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित विभिन्न पेशागत संघसंस्थाहरुले शुक्रबारबाटै प्रदर्शन गरिरहेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका रुपन्देही जिल्लाका असन्तुष्ट नेता, प्रदेशसभा सांसद र कार्यकर्ताहरु समेत प्रदर्शनमा ऐक्यवद्धता जनाउँदै सडकमा उत्रिएका छन् ।

प्रशासनले प्रदेश सभा, मुख्य मन्त्रीको कार्यलय आदिमा कडा सुरक्षा प्रवन्ध गरेको छ ।


प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ११ : २७ बजे

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक

कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई

दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक

आज मध्यान्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

आज भ्यालेन्टाइन डे

काठमाडौं । आज फेब्रुअरी १४, विश्वभर मनाइने भ्यालेन्टाइन डे अर्थात्