५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवलको प्रदर्शनमा जनप्रतिनिधिको नेतृत्व, मागे मुख्यमन्त्रीको राजीनामा



बुटवल। प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने सरकारको प्रस्ताव प्रदेश सभामा पेश भए लगत्तै चर्किएको आन्दोलन बुटवलमा आज पनि जारी छ ।

फरकफरक सुरु गरिएको आन्दोलनमा रुपन्देहीका विभिन्न पालिका प्रमुखहरुले पनि नेतृत्व दिन थालेका छन् । बुटवलको प्रदर्शनमा स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको छ ।

तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे , बुटवल उपमहानगरपालिकाका उपमेयर गोमा आचार्य, देवदह नगरपालिकाका मेयर हिरा केसीले सोमबार बिहानको प्रदर्शनलाई सम्बोधन गरेका छन् । उनीहरुले बुटवलबाट राजधानी दाङ सार्ने मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

प्रदेशको राजधानी बुटवलमै राख्नुपर्ने माग राख्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीले प्रशासनको निषेधाज्ञालाई तोडेर सोमबार पनि सडकमा उत्रिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित विभिन्न पेशागत संघसंस्थाहरुले शुक्रबारबाटै प्रदर्शन गरिरहेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका रुपन्देही जिल्लाका असन्तुष्ट नेता, प्रदेशसभा सांसद र कार्यकर्ताहरु समेत प्रदर्शनमा ऐक्यवद्धता जनाउँदै सडकमा उत्रिएका छन् ।

प्रशासनले प्रदेश सभा, मुख्य मन्त्रीको कार्यलय आदिमा कडा सुरक्षा प्रवन्ध गरेको छ ।


प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ११ : २७ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य