३२ असार २०८३, बिहिबार | July 16, 2026

लुम्बिनी प्रदेशको मतदानमा पक्षमा ७९ र विपक्षमा ४ मत



बुटवल । प्रदेश ५ सरकारले प्रस्ताव गरेको प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र प्रदेशको नामाकरण लुम्बिनीको प्रस्ताव दुईतिहाई बहुमतले पारित भएको छ ।

प्रदेश ५ को प्रदेशसभामा आज भएको छुट्टाछुट्टै मतदानमा प्रदेश सरकारको प्रस्ताव दुई तिहाई मतका साथ पास भएको हो । प्रदेशको स्थायी राजधानीको मतदानबाट पक्षमा ६९ मत र विपक्षमा १३ मत परेको छ भने नामाकरणका्े प्रस्तावमा लुम्बिनी प्रदेश नामको पक्षमा ७९ मत र विपक्षमा ४ मत परेको छ ।

आज सम्पन्न मतदानबाट प्रदेशको राजधानी दाङको देउखुरी र प्रदेशको नाम लुम्बिनी कायम भएको छ ।

प्रदेशको राजधानी र नामाकरण पारित भएसँगै प्रदेश सभाको अधिवेशन पनि अन्त्य भएको छ । सभामा प्रदेश प्रमुख धर्मनाथ यादवले पठाएको प्रदेशसभा अन्त्यको सुचना सभामुख पुर्ण घर्तीले पढेर सुनाएका थिए ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ४ : १४ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना