११ श्रावण २०८३, सोमबार | July 27, 2026

रुपन्देहीमा थपिए १०७ नयाँ कोरोना संक्रमित, बुटवलमा मात्र ५१ थपिए



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा १०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार जिल्लामा ४३ महिला र ६४ पुरुषमा कोरोना संक्रमण पु्ष्टि भएको छ ।

मंगलबार पनि रुपन्देहीमा सबै भन्दा बुटवल उपमहानगरमा कोरोना संक्रमित थपिएका छन् । बुटवलमा ५१ जना संक्रमित थपिएका छन् भने सिद्धार्थनगर नगरपालिकामा २५ जना संक्रमित थपिएका छन् । त्यसैगरि तिलोत्तमा नगरपालिकामा ९ जना, सियारी गांउपालिकामा ८ जना, देवदह नगरपालिकामा ६ जना, सैनामैनामा ४ जना तथा मायादेबी गाँउपालिका, कन्चन गाँउपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, रोहीणी गाँउपालिकामा १।१ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आज थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या ३१०२ पुगेको छ । जिल्लामा २८ जना कारोना संक्रमितको मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ५ : ५३ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न