२० मंसिर २०८२, शनिबार | December 6, 2025

बाँकेमा २१८६ जनमा कोरोना पुष्टि हुँदा १७०९ कारोना मुक्त



नेपालगन्ज । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार १ सय ८६ पुग्दा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ७ सय ९ पुगेको छ । बुधबार बाँकेका थप ३६ जना संक्रमित डिस्चार्ज भएसँगै निको हुनेको १ हजार ७ सय ९ पुगेको हो ।

बुधबार बाँकेका ११ महिला र २५ पुरुष गरी ३६ जना संक्रमितहरु आइसोलेसनको अवधि पुरा गरेर डिस्चार्ज भएको जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनिहरुलाई असोज ७ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।

बाँकेमा विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका १८ सहित ४ सय ७४ जना सक्रिय संक्रमित उपचाररत छन् । जिल्लामा २१ जना कोरोना संक्रमितको कारण मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ९ : ३१ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय