६ श्रावण २०८३, बुधबार | July 22, 2026

लुम्बिनी प्रदेशमा कोरोनाको ‘हटस्पट’ बन्दै रुपन्देही



बुटवल । प्रदेश नम्बर ५ को अस्थायी राजधानीका रुपमा रहेको रुपन्देहीबाट अस्थायी राजधानी दाङ सार्ने निर्णय भएपनि प्रदेशमा कोरोना संक्रमणको राधानी भने कायम रहेको छ । अघिल्लो हप्ता सम्म २ अंकका दरले बढ्दै गएको कोरोना संक्रमण चालु हप्ताको प्राय सबै दिन ३ अंकका दरले कोरोना संक्रमित बढ्दै गएका छन् ।

सोमबार पनि रुपन्देहीमा ३ अंककै दरले कोरोना संक्रमित थपिएका छन् । सोमबार रुपन्देहीमा १ सय ५८ कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । सोमबार पनि जिल्लामा सबै भन्दा बढी बुटवल उपमहानगरमा ९७ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरि सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकामा २३।२३ जना संक्रमित थपिएका छन् भने सैनामैनामा ५ जना, देवदहमा ४ जना, सुद्धोधनमा २ जना तथा रोहिणी, सियारी, कन्चन र ओमसतिया गाँउपालिकामा १।१ जना कोरोना संक्रमित थपिएका छन् ।

सोमबार थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या ३८५० पुगेको छ । जिल्लमा ४१ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । रुपन्देहीमा २५४४ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १० : ५५ बजे

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर