४ पुस २०८२, शुक्रबार | December 20, 2025

महोत्तरीका जनप्रतिनिधि र सञ्चारकर्मीमा कोरोना संक्रमण



महोत्तरी । पछिल्ला केही दिनयता महोत्तरीमा जनप्रतिनिधि र सञ्चारकर्मी कोरोना (कोभिड-१९) संक्रमणमा पर्ने क्रम बढेको छ ।

सोमबार अबेर राति जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नगरप्रमुख साह आफैँले आफ्नो पिसीआर जाँचको नतिजा पोजेटिभ आएको सार्वजनिक गरेका छन । “पछिल्ला चार दिनयता ज्वरो आउने र जिउ, हात कटकटी दुख्दै आएको थियो”, प्रमुख साहले भने, “सोमबार जनकपुरमा स्वाब परीक्षणका लागि दिएँ, पोजेटिभ नतिजा आयो ।” अब बाह्य सम्पर्क सबै बन्द गरेर घरमै उच्च सतर्कतासाथ आइसोलेसनमा बसेको साहको भनाइ छ ।

भङ्गाहा-४ का वडाध्यक्ष अशोककुमार महतो पनि सङ्क्रमित भएका थिए । अहिले महतो संक्रमणमुक्त भइसकेका छन ।

यसैबीच महोत्तरीका सञ्चारकर्मी एकपछि अर्को संक्रमणको चपेटामा परेका छन् । अहिले राससकर्मी गोपालप्रसाद बराल र कान्तिपुरकर्मी सुनिता बराल पिसीआर परीक्षणबाट कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेसनमा छन । गोपालको गत बिहीबार र सुनिताको गत शनिबार सङ्क्रमण पुष्टि भएको हो ।

यसअघि अन्नपूर्णकर्मी राजकरण महतो र न्यूज-२४ का ललनकुमार मण्डलमा कोभिड-१९ पुष्टि भएको थियो । यद्यपि महतो र मण्डल दुवै सङ्क्रमणमुक्त भइसकेका छन । महतोमा असोज १० गते र मण्डलमा गत भदौमै स्वाब परीक्षणबाट सङ्क्रमण पुष्टि भएको थियो । जनप्रतिनिधि र सञ्चारकर्मी आफैँले सङ्क्रमण पुष्टिबारे सार्वजनिक गरेका हुन् । रासस

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ९ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको