२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनी प्रदेशका सबै स्थानीयतहलाई कोरोना संक्रमणमा उछिन्दै बुटवल



बुटवल । लुम्बिनी प्रदेशका सबै पालिकाहरुलाई उछिन्दै बुटवलले कोरोना संक्रमण थप्ने कार्यमा अग्रता लिएको छ । बुटवल उपमहानगरपालिका भित्र मात्र मंगलबार सम्ममा कुल संक्रमितको संख्या १७४६ पुगेको छ । अन्य दिनहरुलाई पछि पार्दे मंगलबार ३ अंकमा बुटवलमा कोरोना संक्रमित थपिएका छन् । प्रदेशको अर्को ठुलो उपमहानगर नेपालगन्ज उपमहानगरमा सोमबार सम्ममा ११४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मंगलबार बुटवल उपमहानगरमा ११५ जना कोरोना संक्रमित थपिएसँगै बुटवलको कुल संक्रमतिको संख्या १७४६ पुगेको हो । उपमहानगर भित्रमात्र बुटवलमा १४ जना कोरोना संक्रमितको ज्यान गएको छ भने ७९९ जना सक्रिय संक्रकितहरु अहिले पनि बिभिन्न आइसोलेसनमा बसेर कोरोना मुक्त हुने दिन पर्खिरहेका छन् ।

उपमहानगरको ११ नम्बर वार्डमा सबैभन्दा बढी ३५९ जनामा संक्रमण पुष्टि भएको छ भने ६ नम्बरमा १८६, वार्ड नम्बर ४ मा १३६, वार्ड नम्बर ३ मा १३२, वार्ड नम्बर ८ मा १२६, वार्ड नम्बर १३ मा १२० वार्ड नम्बर ९ मा १११ तथा वार्ड नम्बर ७ मा १०० जनामा कोरोना पुष्टि भएको छ । बसटवलको १८ नम्बर वार्ड अहिले पनि कोरोना मुक्त वार्ड बन्न सफल भएको छ । अन्य सबै वार्डहरुमा २ अंकमा कोरोना संक्रमित भेटिएका छन् ।

मंगलबार पनि बुटवलको वार्ड नम्बर ६ मा ५२ जना र ११ नम्बरमा २४ जना कोरोना संक्रमित थपिएको बुटवल उपमहानगरको स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले जानकारी दिएका छन् । सिंहका अनुसार मंगलबार ८ मा ६, ७ मा ७, ९ मा ५, १२ मा ३ जना संक्रमित थपिएका छन् । त्यसैगरि ३,४,५,१०,१३ र १५ नम्बर वार्डमा २।२ जना कोरोना संक्रमित थपिएका छन् भने १६ नम्बरमा १ जना र वार्ड नखुलेको ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ९ : ११ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११