३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

रुपन्देहीमा आज पनि ३ अंकका दरले कोरोना संक्रमित थपिए



बुटवल । आज पनि रुपन्देहीमा ३ अंकका साथ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार जिल्लामा आज ११६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा थपिएका कोरोना संक्रमितमा बुटवल उपमहानगरको अग्रता बुधबार पनि कायम रहेको छ । बुटवलमा बुधबार ४० जना संक्रमित थपिएका छन् । बुधबार रुपन्देहीको तिलोत्तामा २७ जना, सिद्धार्थनगरमा २३ जना, देवदहमा १२ जना, सैनामैनामा ७ जना, सियारीमा ४ जना, सुद्धोधनमा २ जना तथा कोटहिमाईमा १ जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार थपिएसँगै रुपन्देहीमा कुल कोरोना संक्रमितको संख्या ४११२ जना पुगेको छ । जिल्लामा ४३ जना कोरोना संक्रमितको मृत्यु भईसकेको र २६५८ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १० : २६ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र