२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

भोलिदेखि ६ मंसिरसम्म सुनसरीमा निषेधाज्ञा, तिहारमा देउसी/भैलो खेल्न समेत रोक



सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा एक महिना बढी लागू हुने गरी पुनः निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले जिल्लामा विभिन्न क्षेत्र तोकेर १ कात्तिकदेखि ६ मंसिरसम्म लागू हुने गरि निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनको निर्णयसँगै अब सुनसरीमा दलीय कार्यक्रम गर्न पाइने छैन् । प्रशासनले जारी गरेको सूचनाअनुसार अब जिल्लामा सभा, सम्मेलन, शुभकामना आदान प्रदानका साथै सामूहिक रूपमा भेला भई कुनै पनि कार्य गर्न पाइने छैन् ।

सुनसरी प्रशासनले निषेधज्ञा अवधिभर उद्घाटन, शिलान्यास, मेला, जात्रा जस्ता कार्यसमेतमा रोक लगाएको जनाएको छ । त्यसैगरी मन्दिरमा भजन, कीर्तन तथा अनुष्ठान गर्न नपाइने निर्णय गरेको छ । त्यस्तै, मस्जिद तथा गुम्बाहरुमा भेला जम्मा हुन नपाइनुका साथै भजनकीर्तन जस्ता कार्यमा समेत रोक लगाइएको जनाएको छ ।

सुनसरी प्रशासनले यस पटकको तिहारमा देउसी-भैलोसमेत खेल्न रोक लगाएको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले जानकारी दिए । उनले कोरोना महामारीका कारण यस्तो निर्णय लिनु परेको बताए । उनले निषेधज्ञा कडाइका साथ कार्यान्वयन गरिने बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ८ : १० बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३