१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

रुपन्देहीमा अहिले सम्मकै ठुलो संख्यामा कोरोना संक्रमित थपिए, शुक्रबार एकै दिन थपिए २६० संक्रमित



बुटवल । रुपन्देहीमा अहिले सम्मकै ठुलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबार एकै दिन जिल्लामा २६० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयले राती ८ः३० बजे सार्वजानिक गरेको तथ्याँक अनुसार शुक्रबार पनि सबै भन्दा बढी बुटवल उपमहानगरमा ११४ जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार सिद्धार्थ नगरमा ४७ जना, देवदहमा २६ जना, तिलोत्तमामा २१ जना, सैनामैनामा १९ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरि रोहिणी र कन्चनमा ७।७ जना, मायादेबीमा ५ जना, सुद्धोधन र सियारीमा ४।४ जना, ओमसतियामा ३ जना तथा सम्मरीमाई र कोटहिमाईमा १।१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

शुक्रबार थपिएसंगै रुपन्देहीमा कुल संक्रमितको संख्या ४५२८ पुगेको छ । जिल्लमा ४७ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १७४३ जनाले अहिले पनि होम आइसोलेसन तथा बिभिन्न आइसोलेसन र अस्पतालहरुमा उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १० : १३ बजे

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । आज बिहानका

काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए

झापा । नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही