२० बैशाख २०८१, बिहिबार | May 2, 2024

कोरोना संक्रमणबाट बुटवल उपमहानगरका कर्मचारीको मृत्यु



बुटवल । कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट बुटवल उपमहानगर पालिकाका एकजना कर्मचारीको मृत्यु भएको छ । बुटवल स्थित कोरोना बिशेष अस्पतालमा आज साँझ ६ बजे उप महानगरका ५औ तहका कर्मचारीको मृत्यु भएको हो ।

बुटवल कोरोना बिशेष अस्थायी अस्पतालमा आजै भर्ना भएका बुटवल उपमहानगरपालिका ८ कार्यालयमा कार्यरत ४९ वर्षका पुरुषको साझ ६ बजे मृत्यु भएको उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माले पुष्टि गरेका छन् ।

असोज २७ गते कोरोना पोजेटिभ देखिएको उनी होम आइसोलेसनमा बसेका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछी आज बिहान लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनले लामो समय कोरोना बिशेष अस्पतालमा बेड खालि नभएका कारण प्रादेशिक अस्पतालको फिबर क्लिनीकमा राखिएको थियो । विशेष अस्पतालको बेडमा रिफर गरेको केहिबेरमा उनको मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।

उनको उपचारमा सबै प्रक्रिया अपनाउंदा पनि बचाउन नसकिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

बुटवल स्थित कोरोना विशेष अस्पतालको सबै बेड भरिएका छन् । गम्भिर प्रकृतिका कोरोना संक्रमित आए उपचार गर्ने स्थान नभएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ७ : ५५ बजे

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा