१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

कोरोना संक्रमणबाट बुटवल उपमहानगरका कर्मचारीको मृत्यु



बुटवल । कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट बुटवल उपमहानगर पालिकाका एकजना कर्मचारीको मृत्यु भएको छ । बुटवल स्थित कोरोना बिशेष अस्पतालमा आज साँझ ६ बजे उप महानगरका ५औ तहका कर्मचारीको मृत्यु भएको हो ।

बुटवल कोरोना बिशेष अस्थायी अस्पतालमा आजै भर्ना भएका बुटवल उपमहानगरपालिका ८ कार्यालयमा कार्यरत ४९ वर्षका पुरुषको साझ ६ बजे मृत्यु भएको उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माले पुष्टि गरेका छन् ।

असोज २७ गते कोरोना पोजेटिभ देखिएको उनी होम आइसोलेसनमा बसेका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछी आज बिहान लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनले लामो समय कोरोना बिशेष अस्पतालमा बेड खालि नभएका कारण प्रादेशिक अस्पतालको फिबर क्लिनीकमा राखिएको थियो । विशेष अस्पतालको बेडमा रिफर गरेको केहिबेरमा उनको मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।

उनको उपचारमा सबै प्रक्रिया अपनाउंदा पनि बचाउन नसकिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

बुटवल स्थित कोरोना विशेष अस्पतालको सबै बेड भरिएका छन् । गम्भिर प्रकृतिका कोरोना संक्रमित आए उपचार गर्ने स्थान नभएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ७ : ५५ बजे

लमजुङमा पहिरोले धन्सार घर भत्किँदा बुबा-छोरीको मृत्यु, दुई जना घाइते

गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्किँदा

काँकरभिट्टाको एक विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको

आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपालभरका अस्पतालमा आज आकस्मिकबाहेकका

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी