४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको दशैं भत्ता कोरोना कोषमा जम्मा हुने



काठमाडौं । सरकारले मन्त्रिपरिषद्का सबै सदस्यहरुले पाउने दशैं खर्चको रकम कोरोना उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले यसबारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्री लगायत सबै मन्त्रीहरुको एक महिना बराबरको दशैं भत्ता अब सरकारी कोरोना कोषमा जम्मा हुनेछ ।

मन्त्री गुरुङले प्रदेश र स्थानीय तहका पदाधिकारीहरुको दशैं भत्ता पनि कोरोना कोषमै जम्मा गर्न आग्रह गरेका छन् । यसअघि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले दशैं भत्ता फिर्ता गर्न निर्देशन दिएको थियो भने सत्तारु नेपाल कम्युनिष्ट पार्टीले दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सरकारले कोरोना उपचारबाट हात झिकोको भन्ने भनाइ गलत रहेका स्पष्ट पारे । गुरुङले पैसा तिर्न सक्ने वर्ग र अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मीको उपचार सरकारले नै गर्ने जनाए । पैसा तिर्न सक्नेले कोरोना परीक्षण र उपचार आफै गराउँदा सरकारलाई लक्षित सुमहलाई उपचार गर्न सहज हुने उनले बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ६ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको