२४ बैशाख २०८१, सोमबार | May 6, 2024

नेपालगञ्जको जुवा खालमा प्रहरीको छापा : करिब ३० लाखसहित १० जना पक्राउ



नेपालगञ्ज । नेपालगञ्ज बसपार्क नजिक रहेको एक ठूलो जुवाको खालमा प्रहरीले छापा मारेको छ ।

बाँके प्रहरीले ठूलो जुवा खालमा छापा मारेर १० जनालाई नियन्त्रणमा लिएको हो ।

नेपालगन्ज बसपार्कमा रहेको कृष्ण प्रसाद वलीको घरमा जुवातास खेलिरहेको छ भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाको कमाण्डको टोलीले बुधबार राती साढे ८ बजे छापा मार्दा प्रहरीले नगद रकम रु २९,४८,७०० सहित जुवा खेलिरहेका १० जना पक्राउ गरेको प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना जानकारी दिए ।

रानाका अनुसार, सन्तोष थापा, मेघनाथ कचबन्दिया, नविन घिमिरे, टोपबहादुर शाही, पब्लु भण्डारी, तरुण गौतम, रविन राणा, सन्तोष वली, कृष्णबहादुर सुवेदी, रहमान मियालाई जुवा खालबाट पक्राउ गरिएको छ ।

काटपत्ती खेलिरहेका उनीहरुको साथबाट २९ लाख ४८ हजार सात सय रुपैयाँ बरामद भएको रानाले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १२५ बमोजिम कानुनी कारवाही हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  १० : ५५ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच

टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले टोटनह्यामलाई पराजित गरेको