१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

नेपालगञ्जको जुवा खालमा प्रहरीको छापा : करिब ३० लाखसहित १० जना पक्राउ



नेपालगञ्ज । नेपालगञ्ज बसपार्क नजिक रहेको एक ठूलो जुवाको खालमा प्रहरीले छापा मारेको छ ।

बाँके प्रहरीले ठूलो जुवा खालमा छापा मारेर १० जनालाई नियन्त्रणमा लिएको हो ।

नेपालगन्ज बसपार्कमा रहेको कृष्ण प्रसाद वलीको घरमा जुवातास खेलिरहेको छ भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाको कमाण्डको टोलीले बुधबार राती साढे ८ बजे छापा मार्दा प्रहरीले नगद रकम रु २९,४८,७०० सहित जुवा खेलिरहेका १० जना पक्राउ गरेको प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना जानकारी दिए ।

रानाका अनुसार, सन्तोष थापा, मेघनाथ कचबन्दिया, नविन घिमिरे, टोपबहादुर शाही, पब्लु भण्डारी, तरुण गौतम, रविन राणा, सन्तोष वली, कृष्णबहादुर सुवेदी, रहमान मियालाई जुवा खालबाट पक्राउ गरिएको छ ।

काटपत्ती खेलिरहेका उनीहरुको साथबाट २९ लाख ४८ हजार सात सय रुपैयाँ बरामद भएको रानाले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १२५ बमोजिम कानुनी कारवाही हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  १० : ५५ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से