६ पुस २०८२, आइतबार | December 21, 2025

पहिरो पीडितलाई खाद्यान्न सहयोग



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ र ८ स्थित तिपेनीका पहिरो पीडितलाई खाद्यान्न सहयोग गरिएको छ ।

लायन्स क्लव अफ काठमाडौ फेलोसिपले २२ घर परिवारलाई चामल, दाल, नुनतेललगायत खाद्यान्न तथा कम्बल वितरण गरेको फेलोसिपका सदस्य राजेश हिमालयले जानकारी दिए ।

उक्त सहयोग वडा ८ का वडाध्यक्ष सार्की तामाङको उपस्थितिमा क्लवका थ्रि टु फाइभ ए टु गर्भनर डा सुशीला मल्लले गरेकी थिइन् ।

गत असारको २१ गते तिपेनीमा पहिरो जाँदा २२ घर विस्थापित भएका थिए । ठूलो पुरस्कार राशीको व्याडमिन्टन प्रतियोगिता हुँदै
सिन्धुपाल्चोकको चौतारामा हालसम्मकै सबैभन्दा ठुलो पुरस्कार राशीको व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय मेयर कप तोप २१ को आयोजनामा आगामी मङ्सिर २१ गतेबाट व्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा राष्ट्रिय मेन्स सिंगल विजेतालाई रु एक लाख एघार हजार एक सय ११, उपविजेतालाई रु ५५ हजार पाँच सय ५५ दिइनेछ ।

जिल्लास्तरीय मेन्स डबल विजेतालाई रु ४० हजार र उपविजेतालाई रु ३० हजार प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको प्रर्वद्धक चौतारा साँगाचोकगढी नगरपालिका हुनेछ । रासस

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ६ : १६ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको