१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

प्रहरी जवानले नै बालिका बलात्कारपछि हत्या गर्न खोजेपछि…



काठमाडौं । समाजको शान्ति सुरक्षामा खटिनुपर्ने निकायका व्यक्तिबाटै जघन्य अपराध ! सामान्यतः कल्पना बाहिरका यस्ता घटना बेलाबखतमा सार्वजनिक हुने गरेका छन् तर यस्ता कुकर्ममा सम्लग्नलाई कानूनी कठघरामा उभ्याउने काम पनि तिनै सुरक्षा निकायबाट हुँदै आएको छ ।

डोटीका एक सुरक्षाकर्मी नै त्यस्ता घटनामा मुछिएका छन्, जसले सभ्य समाजका साथै नेपाल प्रहरीको पनि मर्यादामा प्रश्न उब्जाइदिएको छ । डोटीको जोरायल गाउँपालिका-५ गडसेरास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंह बालिका बलात्कारमा मुछिएका छन् । उनीविरुद्ध किटानी जाहेरी परेपछि उनीविरुद्ध कानूनबमोजिम मुद्दा  चल्ने भएको छ ।

प्रहरी जवान सिंहले जोरायल गाउँपालिका-५ गडसेरा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोमबार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार बालिकालाई विवाह गर्ने प्रलोभन देखाइ बलात्कार गरेको भन्ने पीडितको उजुरीका आधारमा प्रहरी जवानविरुद्ध मुद्धा दर्ता भएको हो ।

प्रहरी जवान सिंहले यही कातिक १३ गते राति बालिकालाई उनी सुतेकै कोठामा गएर बलात्कारपछि घिसार्दै लगेर रुखमा झुण्ड्याएर हत्याको प्रयास गरेको पीडित बालिकाका आफन्तले आरोप लगाएका छन् । हत्या प्रयासबारे त्यस रात पीडितका पिताले थाहा नपाएका भए ती बालिकाको अकालमा ज्यान जान सक्ने खतरा थियो ।

पीडित बालिकाका पिताले भने, “सुनसान रात थियो, कोही चिच्चाएको जस्तो आवाज आयो, को रहेछ भनेर हेर्न जाँदा आफ्नै छोरीलाई उनको कुर्ताको दोपट्टा (सल)ले रुखमा झुण्डाएको अवस्थामा भेटेँ । हतारहतार गएर दोपट्टा काटेर बचायौँ ।”

पीडित परिवार अचेत अवस्थामा भेटिएकी छोरीलाई बोकेर उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुगेको थियो । उपचारपश्चात् बालिकाको होस आएपछि आज बल्ल बलात्कारको मुद्धा दर्ता गर्न आएको पीडित परिवारले जनाएको छ । “नागरिकको सुरक्षाका लागि खटिएका प्रहरीबाट यस्तो हुन्छ भने अरुबाट के आश गर्नु ?, ती पिताले भने, “हामीले छिटो न्याय पाउनुपर्छ ।

दोषीलाई कडा कारबाही हुनुपर्छ ।” बालिकाको घाँटीमा दोपट्टाले लगाएको फाँसीको घाउ अहिलेसम्म स्पष्टै देख्न सकिन्छ । घटनाको सत्यतथ्य बुझ्न एक प्रहरी अधिकृतको कमाण्डमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले बताए । उनले भने, “बालिकाको घाटीमा फाँसी लगाएको घाउ देखिन्छ, प्रहरी जवानविरुद्ध बलात्कारको मुद्धा दर्ता गरी छानबिनका लागि टोली खटाएको छु, अब मुद्धा चल्छ ।”

निज प्रहरी जवानले बालिकालाई कुटपिट गरेका कारण उनको खुट्टामा पनि निलडाम देखिन्छ । आफूलाई प्रहरी जवान सिंहले विवाह गर्ने भन्दै सँधै फोन गर्ने गरेको पीडित बालिकाले आरोप लगाएकी छिन् । चालु आर्थिक वर्षको यही कात्तिक १७ गतेसम्म जिल्लामा कूल छ वटा र गत आर्थिक वर्षमा सात वटा बलात्कारका घटनामा अनुसन्धान भइ मुद्दा चलाइएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए ।

ती सबै घटनामा प्रहरीले अनुसन्धान गरी अदालतमा पेश गरी पूर्पक्षका लागि पीडकहरु कारागार चलान भएका छन् । विगतमा गाउँगाउँमा प्रहरी चौकी नहुने भएकाले उजुरी नआउने तथा घटना सार्वजनिक नहुने भएकाले पछिल्लो समयमा बलात्कारका घटनामा वृद्धि हुँदै आएको प्रहरीले जनाएको छ ।

जघन्य अपराधबाहेकका सामाजिक झैँ झगडा र विवादमा विषय स्थानीय तहका स्थानीय न्यायिक समितिका इजलाशमा बहश भइ निर्णय हुने गरेका छन् । सक्रियता र प्रभावकारिताका दृष्टिमा जिल्लाको जोरायल गाउँपालिकाको स्थानीय न्यायिक समिति सुदूरपश्चिम प्रदेशकै नमूना न्यायिक समिति मानिन्छ । रासस

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ६ : २४ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा