२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक, आउलान त ओली !



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद थप पेचिलो बनेको छ ।

सचिवालय बैठक बोलाउने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति नभएपछि प्रचण्डले अनौपचारिक बैठक बोलाएका छन् ।कार्यकारी अध्यक्षको हैसियतमा प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका हुन् ।

बैठक पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताएका छन्। तर प्रचण्डले बोलाएको वैठकमा प्रधानमन्त्री केपी ओली नजाने भएका छन् । उनले आफ्नो पक्षका सचिवालय सदस्यलाई पनि वैठकमा उपस्थित नहुन निर्देशन दिएको बालुवाटार स्रोतले बताएको छ ।

नेकपाभित्र अध्यक्षद्वय ओली र प्रचण्डबीच केहि दिनयता पुन: गम्भिर असहमति देखिएको छ ।कर्णाली प्रदेश विवाद, भारतीय गुप्तचर प्रमुखसँगको भेट र मन्त्रिपरिषद् विस्तारका विषयमा विवाद बढेको हो । यसअघि गत असारदेखि भदौसम्म पनि विवाद बढेर नेकपा झण्डै फुटको अवस्थामा पुगेको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १२ : ५४ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात