६ पुस २०८२, आइतबार | December 21, 2025

४५०० जना कोरोना संक्रमित निको भए, २९०९ जनामा संक्रमण देखियो



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट संक्रमित ४ हजार ५०० जना व्यक्ति संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ४ हजार ५०० जना संक्रमण मुक्त भएका हुन् ।

संक्रमण मुक्त हुनेभन्दा संक्रमित हुनेको संख्या निकै कम रहेको छ । शुक्रबार २ हजार ९०९ जनामा संक्रमण देखिएको छ । हालसम्म १ लाख ८८ हजार ८८३ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये, १ लाख ५२ हजार ९०८ जना संक्रमण मुक्त भएका छन् ।

शुक्रबार ३४ हजार ९०५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ४ : ५२ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको