२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

सकियो नेकपा सचिवालयको अनौपचारीक बैठक, सामूहिकरुपमा भेटेर ओलीलाई बैठक बोलाउन आह्वान गर्ने निर्णय



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको अनौपचारिक बैठकले औपचारीक बैठकका बोलाउनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिक आग्रह गर्ने निर्णय गरेको छ ।

अध्यक्ष प्रचण्डको एकल आह्वानको बैशठकमा सहभागि ५ जना सचिवालय सदस्यको नेकपा मुख्यालय धुम्बाराहीमा बसेको अनौपचारिक बैठकले पार्टीको औपचारीक बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिक रुपमा भेटेर आग्रह गर्ने निर्णय गरेको हो ।

प्रचण्डले बोलाएको अनौपचारिक बैठकमा प्रचण्डसहित झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए । बैठकमा प्रधानमन्त्री ओली सहित सचिवालय सदस्य ईश्वर पोखरेल, सचिवालय सदस्य रामबहादुर थापा बादल र महाचिव विष्णुप्रसाद पौडेल भने अनुपस्थित भएका थिए ।

कार्यकारी अध्यक्षले पार्टीको आधिकारिक बैठक बोलाउन मिल्ने भए पनि पार्टी एकताको सन्दर्भलाई ध्यानमा राख्दै दुबै अध्यक्षको सहमतिमा बैठक बोलाउने समझदारी भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ।

यस अघि सहमति कायम गरेर बैठक बोलाउने भन्दै दुई अध्यक्ष बीच पटक पटक सम्बाद भएपनि सहमति नजुटे पछि प्रचण्डले सचिवालयको अनौपचारीक बैठक बोलाएका थिए । प्रचण्डले बैठक बस्न जोड दिंदै आएपनि प्रधानमन्त्री ओली भने दुई अध्यक्ष बीच सहमति पछिमात्र बैठक बोलाउने अडानमा कायम रहेका छन् ।

बैठकमा प्रचण्डले प्रधानमन्त्री ओलीकै सहमतिमा अनौपचारिक बैठक बोलाइएको जानकारी दिएका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ५ : १६ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात