५ चैत्र २०८२, बिहिबार | March 19, 2026

सकियो नेकपा सचिवालयको अनौपचारीक बैठक, सामूहिकरुपमा भेटेर ओलीलाई बैठक बोलाउन आह्वान गर्ने निर्णय



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको अनौपचारिक बैठकले औपचारीक बैठकका बोलाउनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिक आग्रह गर्ने निर्णय गरेको छ ।

अध्यक्ष प्रचण्डको एकल आह्वानको बैशठकमा सहभागि ५ जना सचिवालय सदस्यको नेकपा मुख्यालय धुम्बाराहीमा बसेको अनौपचारिक बैठकले पार्टीको औपचारीक बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिक रुपमा भेटेर आग्रह गर्ने निर्णय गरेको हो ।

प्रचण्डले बोलाएको अनौपचारिक बैठकमा प्रचण्डसहित झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए । बैठकमा प्रधानमन्त्री ओली सहित सचिवालय सदस्य ईश्वर पोखरेल, सचिवालय सदस्य रामबहादुर थापा बादल र महाचिव विष्णुप्रसाद पौडेल भने अनुपस्थित भएका थिए ।

कार्यकारी अध्यक्षले पार्टीको आधिकारिक बैठक बोलाउन मिल्ने भए पनि पार्टी एकताको सन्दर्भलाई ध्यानमा राख्दै दुबै अध्यक्षको सहमतिमा बैठक बोलाउने समझदारी भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ।

यस अघि सहमति कायम गरेर बैठक बोलाउने भन्दै दुई अध्यक्ष बीच पटक पटक सम्बाद भएपनि सहमति नजुटे पछि प्रचण्डले सचिवालयको अनौपचारीक बैठक बोलाएका थिए । प्रचण्डले बैठक बस्न जोड दिंदै आएपनि प्रधानमन्त्री ओली भने दुई अध्यक्ष बीच सहमति पछिमात्र बैठक बोलाउने अडानमा कायम रहेका छन् ।

बैठकमा प्रचण्डले प्रधानमन्त्री ओलीकै सहमतिमा अनौपचारिक बैठक बोलाइएको जानकारी दिएका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ५ : १६ बजे

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे

बुटवलमा ‘मिष्टर रामापिथेकस’ शारीरिक सुगठन प्रतियोगिता हुँदै

बुटवल । बुटवलमा ‘मिष्टर रामापिथेकस’ राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला

कैलालीमा श्रीमतीको गोली हानी हत्या, श्रीमान् घाइते

धनगढी । कैलाली मा एक युवकले आफ्नै श्रीमतीको गोली हानी

‘पार्स ग्याँस फिल्ड’मा आक्रमणपछि इरानको जवाफी हमला, कतारको ठूलो पेट्रोलियम प्लान्टमा क्षति

विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रसँग जोडिएको इरानको साउथ पार्समा

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ । यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन