७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेकपा संकट : गुट भेला र हस्ताक्षर संकलनमा तिब्रता



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको विवाद चरम उत्कर्षमा पुगेकै बेला विभिन्न स्थानमा गुट बैठक र भेलाहरु बढ्न थालेका छन् ।

अध्यक्ष एवं केपी शर्मा ओली र पुष्पमकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समुहले गरिरहेका गुट बैठक र भेलाले नेकपा फुटको अन्तिम तयारीमा रहेको संकेत मिल्न थालेको छ ।

यसअघि मदन भण्डारी फाउन्डेसनको नाममा समानान्तर पार्टी संचालन गरेको ओली समुहले काठमाडौंमा पूर्व एमाले पक्षधर भेला चलाएको छ । प्रचण्ड–नेपाल पक्षधर नेताहरुले समेत गुट बैठक र भेलाहरु आयोजना गर्न थालेका छन् ।

काठमाडौंका अध्यक्ष रहेका कृष्ण राईको संयोजनमा बसुन्धरामा गुट भेला भएको छ । सो भेलालाई उपप्रधानमन्त्री इश्वर पोखरेलले सम्बोधन गरेका छन् । सो भेलामा पूर्व एमालेका नेताहरु र अगुवा कार्यकर्ता मात्रै रहेका थिए । तर माधव नेपाल पक्षका भने कोही उपस्थित भएका थिएनन् ।

भेलालाई सम्बोधन गर्दै नेकपा सचिवालय सदस्य समेत रहेका पोखरेलले पार्टीभित्रबाट प्रधानमन्त्रीलाई काम गर्न अवरोध पुर्याइएको, नेताहरुले गुट बैठक गरेको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने बताएका थिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का आफुनिकट नेताहरुसँग भर्चुअल बैठक गरेका थिए । ओलीसँग शनिबार सामुहिक भेट गरेका प्रचण्ड-नेपाल लगायतका नेताहरुले सो बैठकबारे आपत्ति जनाएका थिए ।

अर्कोतिर ओली पक्षले पनि प्रचण्ड नेपाल पक्षले गुट बैठक र भेला गरेको आरोप लगाएको छ । प्रचण्ड-नेपाल पक्षले तिहार लगत्तै विशेष अधिवेशन आह्वान गरी आफु विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको भन्दै ओली पक्षले समेत सांसदहरुको हस्ताक्षर अभियान संचालन गरिरहेको छ ।

प्रचण्ड-नेपाल पक्षका नेताहरुले आफु निकट सांसदहरुलाई हस्ताक्षर अभियान चलाइरहेको ओली पक्षले दाबी गरेको छ ।

दुवै पक्षबाट बढ्दै गएको गुट भेला र हस्ताक्षर संकलनले नेकपाको भविष्य नै संकटमा पर्ने अवस्था आएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १२ : ३५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज