४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेकपा संकट : गुट भेला र हस्ताक्षर संकलनमा तिब्रता



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको विवाद चरम उत्कर्षमा पुगेकै बेला विभिन्न स्थानमा गुट बैठक र भेलाहरु बढ्न थालेका छन् ।

अध्यक्ष एवं केपी शर्मा ओली र पुष्पमकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समुहले गरिरहेका गुट बैठक र भेलाले नेकपा फुटको अन्तिम तयारीमा रहेको संकेत मिल्न थालेको छ ।

यसअघि मदन भण्डारी फाउन्डेसनको नाममा समानान्तर पार्टी संचालन गरेको ओली समुहले काठमाडौंमा पूर्व एमाले पक्षधर भेला चलाएको छ । प्रचण्ड–नेपाल पक्षधर नेताहरुले समेत गुट बैठक र भेलाहरु आयोजना गर्न थालेका छन् ।

काठमाडौंका अध्यक्ष रहेका कृष्ण राईको संयोजनमा बसुन्धरामा गुट भेला भएको छ । सो भेलालाई उपप्रधानमन्त्री इश्वर पोखरेलले सम्बोधन गरेका छन् । सो भेलामा पूर्व एमालेका नेताहरु र अगुवा कार्यकर्ता मात्रै रहेका थिए । तर माधव नेपाल पक्षका भने कोही उपस्थित भएका थिएनन् ।

भेलालाई सम्बोधन गर्दै नेकपा सचिवालय सदस्य समेत रहेका पोखरेलले पार्टीभित्रबाट प्रधानमन्त्रीलाई काम गर्न अवरोध पुर्याइएको, नेताहरुले गुट बैठक गरेको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने बताएका थिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का आफुनिकट नेताहरुसँग भर्चुअल बैठक गरेका थिए । ओलीसँग शनिबार सामुहिक भेट गरेका प्रचण्ड-नेपाल लगायतका नेताहरुले सो बैठकबारे आपत्ति जनाएका थिए ।

अर्कोतिर ओली पक्षले पनि प्रचण्ड नेपाल पक्षले गुट बैठक र भेला गरेको आरोप लगाएको छ । प्रचण्ड-नेपाल पक्षले तिहार लगत्तै विशेष अधिवेशन आह्वान गरी आफु विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको भन्दै ओली पक्षले समेत सांसदहरुको हस्ताक्षर अभियान संचालन गरिरहेको छ ।

प्रचण्ड-नेपाल पक्षका नेताहरुले आफु निकट सांसदहरुलाई हस्ताक्षर अभियान चलाइरहेको ओली पक्षले दाबी गरेको छ ।

दुवै पक्षबाट बढ्दै गएको गुट भेला र हस्ताक्षर संकलनले नेकपाको भविष्य नै संकटमा पर्ने अवस्था आएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १२ : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको