१३ श्रावण २०८३, बुधबार | July 29, 2026

२८१७ जनामा कोरोना संक्रमण पुष्टि, थप २१ जनाको मृत्यु



काठमाडौं । आइतबार कोरोना भाइरसका २ हजार ८१७ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कोरोना अपडेट पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार १२ हजार ३११ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ८१२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै हालसम्म कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

आइतबार सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आइतबार १ हजार ५३३ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार २९४, ललितपुरमा १६२ र भक्तपुरमा ७७ जना रहेका छन् ।

आइतबार २ हजार ८१२ जना संक्रमण मुक्त भएकाछन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ । यो कुल संक्रमणको ८१.१ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए ।

 

थप २१ जनाको मृत्यु
कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । यससँगै देशभर अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार १०८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ४ : २८ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज, वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ

लगातार हारको शृंखला तोड्ने लक्ष्यमा नेपाल, आज नेदरल्यान्ड्ससँग अन्तिम भिडन्त

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

नारायणी अस्पतालका चिकित्सकको राजीनामा

वीरगञ्ज । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन्

रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद