१३ श्रावण २०८३, बुधबार | July 29, 2026

बुटवल उपमहानगरपालिकामा सटर भाडा टेण्डरका बिषयमा झडप



बुटवल । बुटवल उप महानगरपालिकाको स्वामित्वमा आएको बुटवल हाटबजारको ९६ सटरको नयाँ टेण्डर खोल्ने क्रममा झडप भएको छ ।

१७ वर्ष पहिले शेर्पा टि कम्पनीसँग भाडामा लिएर बसेका ब्यवसायीहरूले उप महानगरको नयाँ टेण्डर खोल्ने क्रममा अवरोध गर्न खोजेपछि झडप भएको हो ।

उप महानगरपालिकाका अनुसार १७ वर्ष पहिले सार्वजनिक साझेदारी कार्यक्रम अन्तर्गत शेर्पा टि ले सटर बनाउने र १५ वर्ष भाडामा लगाई १५ वर्षपछि उप नगरपालिकामा स्वामित्व जानेगरि तत्कालीन नगरपालिकाले सम्झौता गरेको थियो । सम्झौता अनुसार २ वर्ष पहिले म्याद समाप्त भएकोमा ब्यवसायीको माग अनुसार २ वर्ष म्याद थपिएको थियो ।

यहि कार्तिक ३० गते म्याद सकिनु अघि उपमहानगरले ३० दिने सुचना प्रकाशित गर्दै टेण्डर आह्वान गरेकोमा आज टेण्डर खोल्ने कार्यक्रम रहेको थियो ।

१२ बजे सम्मको समय निर्धारण गरेरपनि त्यसपछि पनि टेण्डर दर्ता गरिएको भन्दै ब्यवसायीहरू उपमहानगर घेराउ गर्न पुगेका थिए । उनीहरूले घेराउका क्रममा उपमहानगरको कार्यालय परिसरमा प्रवेश गर्न खोजेपछि पटक पटक झडप भएको थियो । ब्यवसायीले उपमहानगरले चलखेल गरेर आफुहरूलाई हटाउन खोजेको आरोप लगाएका छन् भने उपमहानगरले १२ बजे पछि दर्ता नगरिएको बताएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ३ : ५१ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा