४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवल उपमहानगरपालिकामा सटर भाडा टेण्डरका बिषयमा झडप



बुटवल । बुटवल उप महानगरपालिकाको स्वामित्वमा आएको बुटवल हाटबजारको ९६ सटरको नयाँ टेण्डर खोल्ने क्रममा झडप भएको छ ।

१७ वर्ष पहिले शेर्पा टि कम्पनीसँग भाडामा लिएर बसेका ब्यवसायीहरूले उप महानगरको नयाँ टेण्डर खोल्ने क्रममा अवरोध गर्न खोजेपछि झडप भएको हो ।

उप महानगरपालिकाका अनुसार १७ वर्ष पहिले सार्वजनिक साझेदारी कार्यक्रम अन्तर्गत शेर्पा टि ले सटर बनाउने र १५ वर्ष भाडामा लगाई १५ वर्षपछि उप नगरपालिकामा स्वामित्व जानेगरि तत्कालीन नगरपालिकाले सम्झौता गरेको थियो । सम्झौता अनुसार २ वर्ष पहिले म्याद समाप्त भएकोमा ब्यवसायीको माग अनुसार २ वर्ष म्याद थपिएको थियो ।

यहि कार्तिक ३० गते म्याद सकिनु अघि उपमहानगरले ३० दिने सुचना प्रकाशित गर्दै टेण्डर आह्वान गरेकोमा आज टेण्डर खोल्ने कार्यक्रम रहेको थियो ।

१२ बजे सम्मको समय निर्धारण गरेरपनि त्यसपछि पनि टेण्डर दर्ता गरिएको भन्दै ब्यवसायीहरू उपमहानगर घेराउ गर्न पुगेका थिए । उनीहरूले घेराउका क्रममा उपमहानगरको कार्यालय परिसरमा प्रवेश गर्न खोजेपछि पटक पटक झडप भएको थियो । ब्यवसायीले उपमहानगरले चलखेल गरेर आफुहरूलाई हटाउन खोजेको आरोप लगाएका छन् भने उपमहानगरले १२ बजे पछि दर्ता नगरिएको बताएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ३ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको