३ पुस २०८२, बिहिबार | December 19, 2025

तनहुँमा एकैदिन ३० प्रतिवादी पक्राउ



तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका जिल्ला म्याग्दे गाउँपालिका ४ का ३० वर्षीय अनुपमणि अधिकारीलाई पक्राउ गरेको छ । उनीमाथि उच्च अदालत पाटनको २०७६ फागुन १९ गतेको फैसलाले तीन दिन कैद र दुई लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

अदालतबाट फैसला भई तोकिएको उक्त कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए ।

त्यसैगरी कर्तव्य ज्यान मुद्दामा २०५३ पुस ११ गतेको फैसलामा फरार रहेका सात, सम्बन्धविच्छेद मुद्दाका ६, कुटपिट मुद्दाका ६, २०५४ साउन १६ गतेको फैसलामा फरार रहेका दुई र चोरी मुद्दाका एक जनालाई प्रहरीले पक्राउ गरिएको छ ।

त्यस्तै लुटपाट मुद्दामा एक, जालसाजी मुद्दामा एक, घरेलु हिंसा मुद्दाका एक, सवारी ज्यान मुद्दाका एक, केही सार्वजनिक अपराध मुद्दाका एक र गाली बेइज्जती मुद्दाका दुई गरी जम्मा ३० जनालाई पक्राउ गरिएको प्रनाउ तिमिल्सेनाले जानकारी दिए । पक्राउ परेकाबाट हुन आउने कैद एक महिना १८ दिन र जरिवाना तीन लाख ३७ लाख ९५० रुपैयाँ जरिवाना असुल भएको छ ।

उक्त कैद र जरिवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय तनहुँमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रासस

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ७ : ०२ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको