२९ माघ २०८१, मंगलबार | February 12, 2025

बाँके खजुराका युवाले बिना धितो ऋण पाउने



नेपालगन्ज । बाँकेको खजुरा गाँउ पालिकाले राष्ट्रिय बाणिज्य बैंकसँग सहुलियतपूर्ण कर्जाका लागि ब्याजअनुदानमा सम्झौता गरेको छ ।

आज एक कार्यक्रमका बीच खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति र राष्ट्रिय बाणिज्य बैंकका लुम्बिनीप्रदेश प्रमुख आनन्द सुवेदीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

गाँउपालिकाका अनुसार विभिन्न ७ शीर्षकमा प्रवाहगरिने सहुलियत कर्जा अब खजुरा गाउँपालिका क्षेत्र भित्रका करीब १ सय युवाहरूलाई पालिकाको सिफारिसमा प्रदान गरिने छ । खजुरा गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बिना धितो सहुलियत कर्जा प्रदानगर्ने नीति अवलम्बन गरे बमोजिम यो सम्झौता गरिएको गाँउपालिकाले जनाएको छ ।

कृषि तथा पशुपालन, सीपमूलक र उत्पादन लगायतका क्षेत्रमा लगानीका लागि सिफारिस गरिने पालिकाले नीति बनाएको छ ।

सहुलियत कर्जा महिला उद्यमीका लागि १ दशमलव ६ र अन्य कर्जामा २ दशमलव ६ प्रतिशत ब्याज रहेको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै पालिका प्रमुख कक्षपतिले स्थानीय सरकार जमानी बसेर प्रवाह गरिने सहुलियत कर्जाको लागि बुधबार देखिनै कार्यान्वयनमा जाने बताए ।

राष्ट्रिय बाणिज्य बैंक लुम्बिनी प्रदेश प्रमुख आनन्द सुबेदीले निर्वाहमुखी नभई व्यवसायिकरणमा जानका निम्ति सहुलियतपूर्ण कर्जा दिईने गरेको बताए ।

रा बा बैंक कृषि ऋण अधिकृत रोशन सुवेदीले ७ शीर्षकमा प्रदान गर्ने सहुलियतपूर्ण कर्जाबारे जानकारी दिदै ब्याज जोगाउनु नै व्यवसायीको लागि ठूलो उपलब्धि हुने बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  १० : ०२ बजे

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

सामाजिक सञ्जालसम्बन्धी विधेयक ‘जसरी पनि’ संसदबाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीनानाथ शर्मा

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी

बाबुको हत्या आरोपमा छोरा–बुहारीसहित ६ जना पक्राउ

इलाम । इलाममा बाबुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका

जापान पठाइदिने भन्दै १ करोड २३ लाख ठगी गर्ने युवती बाँकेबाट पक्राउ

नेपालगन्ज । जापान पठाईदिने भन्दै बिभिन्न ब्यक्तिहरुबाट करोड बढी उठाएर