२३ श्रावण २०८३, शनिबार | August 9, 2026

बर्दियाको गेरुवा गाउँपालिकाले सुरु गर्यो कोरोना अस्थाई अस्पताल



बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकाले १० शैयाको कोभिड १९ अस्थाई अस्पताल सञ्चालनमा ल्याएको छ । जाडो बढेसँगै कोभिड १९ का विरामी अझै बढ्न सक्ने भन्दै गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएको हो ।

कोरोना भाइरसबाट सङ्क्रमितहरुको उपचार गर्नका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा गाउँपालिकाले वडा नं २ सिंगाईमा निर्माण गरेको दश सैयाको कोभिड–१९ कोरोना अस्पतालको निर्माण गरेको छ । अस्पतालको उद्घाटन गेरुवा गाउँपालिका अध्यक्ष जमानसिंह केसी र प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले गरेका छन् ।

अस्पताल व्यवस्थापनको कार्य पूरा गरी विहीबार देखि औपचारिकरुपमा सेवा सञ्चालनमा ल्याएको गेरुवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कासी प्रसाद पंगेनीले जानकारी दिए ।

१० ओटा बेडका साथै स्वास्थ्यकर्मीहरुको लागि बस्ने स्थानको व्यवस्था गरीएको अस्पतालमा अक्सिजन र औषधीको समेत व्यवस्था गरिएको छ । अस्पतालमा गाउँपालिकाले एक जना डाक्टर, दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी राखेको छ ।

संघीय सरकारले अस्पताल नभएका बर्दियाका सात वटा स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि रु १० लाखका दरले बजेट पठाइसकेको छ । बर्दिया जिल्लाका आठ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तहमा पाँच शैयाका अस्थायी कोभिड अस्पताल निर्माणका लागि संघिय सरकारले बजेट पठाएको स्वास्थ्य कार्यालयका बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

जिल्लाको गुलरिया नगरपालिका बाहेक सबै स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । यसअघि ठाकुरबावा नगरपालिकामा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आई सकेको छ ।

स्थानीय तहमा अस्थायी कोभिड अस्पातल सञ्चालनका लागि प्राप्त रु १० लाख बजेट मध्ये स्थानीय तहले पाँच लाख शैया लगायतका सामग्री खरिदमा खर्च गर्नुपर्नेछ भने ५० हजार बराबरको औषधि खरीद गर्नुपर्नेछ । त्यसैगरी चार लाख ५० हजार रकम जनशक्ति परिचालनमा खर्च गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ५ : ३६ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी