१९ बैशाख २०८१, बुधबार | May 2, 2024

जोखिम भत्ता नदिएको भन्दै कोरोना अस्पताल छाडेका चिकित्सक ३६ घण्टापछि काममा फर्किए



बुटवल । घमासान लडाई चलिरहेका बेला बिदामा बस्ने सैनिक र श्रीमान बिरामी परेका बेला माईत हिँड्ने श्रीमतीको कुनै उपादेयीता हुँदैन भने झैं कोरोना माहामारीले बिकराल रुप लिईरहेका बेला बुटवलस्थित कोरोना विशेष अस्पतालका केहि चिकित्सक र स्वास्थ्यकर्मीहरुले अस्पताल आउन छाडेर आफुहरुले आफ्नो अवसरवादी चरित्र देखाएका छन् ।

कोरोना जोखिम भत्ता नपाएको भन्दै गत मंगलबार ज्ञापनपत्र दिएका अस्पतालको करार सेवामा कार्यरत चिकित्सकहरु अचानक बुधबारबाट अस्पताल नआएपछि कोरोनाका बिरामीहरुको उपचार झण्डै ३६ घण्टा प्रभावित बनेको थियो ।

बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा साउन महिनादेखि कारर सेवामा कार्यरत ७ चिकित्सक अस्पताल आउन छाडेपछि अस्पतालको सेवा भण्डै ३६ घण्टा प्रभावित समेत बन्यो ।

कोभिड अस्पताललाई नै लक्षित गरेर करारमा नियुक्त सातैजना चिकित्सक कोरोना जोखिम भत्ता नपाएको भन्दै बुधवारदेखि ड्युटीमा नआएको अस्पतालले जनाएको छ । यद्यपी उनीहरुले गैरजिम्मेवार काम गरेको भन्दै कारवाही र मेडिकल काउन्सिलमा समेत रिपोर्ट गर्ने चेतावनी अस्पतालले दिएपछि शुक्रबारबाट उनीहरु ड्युटीमा आएका छन् ।

मेडिकल अफिसरहरु विशाल झा, कल्याण रेग्मी, प्रतिमा भण्डारी, पूजन ज्ञवाली, राजेश लिम्बु, सविता अर्याल र एलिसा सिंह अस्पतालको सेवामा नै प्रभाव पार्ने उद्देश्यका साथ अनुपस्थित भएको अस्पतालको आरोप छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले अचानक काममा नआएपछि अस्पतालमा कार्यरत कन्सल्टेन्ट र नर्सिङ स्टाफहरुबाट सेवा प्रदान गरिएको बताए ।

सातैजना चिकित्सकले कोरोना जोखिमभत्ता नपाए सेवामा नआउने भन्दै मंगलबार मात्रै अल्टिमेटम दिएका थिए । ‘छलफलमा समेत नबसी उनीहरु काममा आएनन्, यस्तो क्रियाकलापलाई गम्भिर अपराधको रुपमा लिनुपर्दछ’, डा। खनालले भने ।

चिकित्सकको मागलाई तुरुन्त मन्त्रालयमा पठाईएको र मन्त्रालयले समेत तिहार लगत्तै जोखिम भत्ता उपलब्ध गराउने बताईरहँदा पनि सम्बाद र वार्ता समेत नगरी ती चिकित्सकहरु अनुपस्थित भएको डा. खनालले बताए ।

चिकित्सकहरु ड्युटीमा फर्केपनि उनीहरुले आत्मालोचना गर्नुपर्ने डा. खनालको भनाई छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १२ : ०१ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी