४ पुस २०८२, शुक्रबार | December 20, 2025

जो बाइडेनले बल्ल पाए चीनबाट बधाई



अमेरिकाको मुख्य प्रतिपर्धी मुलुक चीनले नवनिर्वाचति राष्ट्रपति जो बाइडेनलाई बल्ल बधाई दिएको छ ।

राष्ट्रपतिमा निर्वाचित बाइडेनले एरिजोना राज्यमा समेत विजय हासिल गरेपछि चीनले उनलाई बधाई दिएको हो । चीनले बाइडेनलाई उपयुक्त समयमा बधाई दिएको छ ।

यसअघि विश्वका अमेरिकी धुरीका शक्तिराष्ट्रहरु बेलायत, जापान, क्यानडा, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, इजरायल लगायतका मुलुकले बाइडेनलाई बधाई दिइसकेका छन् । अमेरिकाको अर्को प्रतिपर्धी देश रुसले पनि बाइडेनलाई अझै बधाइ दिएको छैन ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएका हुन् । पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘हामी अमेरिकी नागरिकको छनोटलाई सम्मान गर्छौं । बाइडेन र ह्यारिसलाई बधाई दिन चाहन्छौं । चुनावी परिणाम अमेरिकी कानुन र प्रक्रियाअनुसार पुष्टि हुनेछ भन्ने अपेक्षा राख्दछौं ।’

चीनले बधाइ दिन ढिलो गरेको विषयमा अन्तराष्ट्रिय रुपमै चासो बढेको थियो । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनसँग वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कटुतापूर्ण सम्बन्ध रहँदै आएको छ । सन् २०१८ यता चीनसँग अमेरिकाले व्यापार युद्ध चलाउँदै आएको छ भने चिनियाँ प्रविधि र विज्ञानको विकास रोक्नका लागि अमेरिकाले विश्वका अन्य देशलाई समेत दबाब दिँदै आएको छ ।
बाइडेनको कार्यकालमा अमेरिकाको सम्बन्धमा प्रतिस्पर्धा नघट्ने भएपनि ट्रम्पको जस्तै हावादारी र अनुदार व्यवहार नहुने अनुदार नहुने विश्लेषण भैरहेको छ ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ४ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको