१३ श्रावण २०८३, बुधबार | July 29, 2026

नेपालगन्जको बिपी चौकस्थित कपास गोदाममा यसवर्ष पनि आगलागी, नियन्त्रणको प्रयास जारी



नेपालगन्ज । नेपालगन्जको बिपी चोकस्थित कपासको गोदाममा यसवर्ष पनि भीषण आगलागी भएको छ ।

बिपि चोकस्थित मोहम्मद हुसेनद्वारा संचालित न्यु स्टार सिरक सप्लायर्सको कपास गोदाममा आगलागी भएको हो ।

राति ८ बजेदेखि लागेको आगो नियन्त्रण गर्न नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज विमानस्थलको गरी दुईवटा दमकल घटनास्थल पुगेका छन् ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको छ ।

आगलागी नियन्त्रणमा सघाउन बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, नेपाली सेनाका कर्नेल नकुल थापा घटनास्थल उपस्थित भएका छन् ।

बिपी चौकका कपास गोदाममा हरेक वर्ष आगलागी हुने गरेपनि प्रशासनले बिद्युत सर्टको प्रतिबेदन दिँदै आएको छ । घनावस्ती भएको क्षेत्रमा कपासको गोदाम राख्ने र हरेक वर्ष आगलागी हुने गरेपछि स्थानीबासी त्रसीत बनेका छन् ।

आगलागीको मुख्य कारण पत्ता लगाई घटना दोहोरीन नदिन प्रशासनले कदम चाल्न स्थानीयले माग गरेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  १० : ३५ बजे

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला

संसद बैठकअघि सभामुखले भेटे प्रधानमन्त्री, दलका नेताहरुसँग पनि गरे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की,