१३ श्रावण २०८३, बुधबार | July 29, 2026

हिमपातका कारण डोल्पाको जनजीवन प्रभावित



डोल्पा । डोल्पामा हिमपात भएको छ । हिजो बिहानैदेखि परेको हिमपातले डोल्पाको जनजीवन कष्टकर बनेको हो ।

भाइटीकाकै दिन जिल्लाको माथिल्लो र तल्लो डोल्पाको विभिन्न स्थानमा वर्षासँगै परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको हो । हिउँ परेपछि डोल्पामा चिसो अत्याधिक बढेको स्थानीय बताउँछन् ।

माथिल्लो डोल्पास्थित शे-फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकामा पर्ने फोक्सुण्डो, साल्दाङ्‍ग, धो, तिन्जे, छार्का, मुकोटलगायत बस्तीहरुमा आइतबार रातिदेखि नै हिमपात सुरु भएको शे-फोक्सुण्डो गाउँपालिका ८ का वडाध्यक्ष निमा लामाले जानकारी दिए । हिमपातका कारण फोक्सुण्डो ताल आसपासमा दुई ईन्चसम्म हिउँ जमेको र अहिले पनि निरन्तर रुपमा हिमपात भइरहेको उनको भनाइ छ ।

बाक्लो हिउँ जमेका कारण माथिल्लो डोल्पाका डाँडापाखा र विकट गाउँबस्तीहरु सेताम्मे भएका छन् । चौरी लिएर तल्लो डोल्पा आउने भोटवासी बाटैमा रहेकाले निकै अप्ठयारोमा परेको वडाध्यक्ष लामाको भनाइ छ ।

त्यसैगरी तल्लो डोल्पामा पर्ने सहरतारा, दुनै, जुफाल, रह, त्रिपुराकोट, पहाडा, काइगँउ, रिमि, नर्कु, ल्हाँ, लिकुलगायत गाउँबस्तीमा बिहानैदेखि वर्षा सुरु भएको छ । भने बलाङ्ग्रा, मुकोट, कागमारालगायत अग्ला स्थानमा बाक्लो हिउँ परेको छ ।

वर्षासँगै परेको हिमपातका कारण अत्यधिक चिसो बढ्दा भाइटीका पर्वसमेत प्रभावित भएको त्रिपुरासुन्दरी नगरपालिका १ का दिलबहादुर विष्टले जानकारी दिए । रासस

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ६ : ३९ बजे

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला

संसद बैठकअघि सभामुखले भेटे प्रधानमन्त्री, दलका नेताहरुसँग पनि गरे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की,

कर्णालीका पाँचौं मुख्यमन्त्री बने मंगलबहादुर शाही, प्रदेश प्रमुखबाट लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन