२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

काठमाडौंको कपन बालुवाखानीस्थित एक घरमा आगलागी : दाइको मृत्यु, तिहार मनाउन आएकी बहिनी र भान्जा घाइते



काठमाडौं । काठमाडौंको कपन बालुवाखानी चोकस्थित एक घरमा सोमबार राति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

स्थानीय नारायण बहादुर बस्नेतको घरमा आगलागी हुँदा थप दुई दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।

बस्नेतको चारतले घरको पहिलो तलामा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-५ का कृष्ण बहादुर तामाङको कोठामा आगलागी हुँदा उनको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

३९ वर्षे कृष्ण बहादुरलाई तिहारको टीका लगाउनका लागि नुवाकोटबाट आएकी उनकी बहिनी ३५ वर्षे विपना तामाङ्ग र उनका छोरा ११ महिने दावा जलेर घाइते भएका हुन् ।

उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । विपनाको शरीरको ३० प्रतिशत तथा दावाको १२ प्रतिशत भाग जलेको डाक्टरले जानकारी दिएका छन् ।

विद्युत सर्ट भएर आगलागी भएको बताइए पनि यकिन कारण नखुलेको प्रहरीले जनाएको छ । राति पौने १ बजेतिर आगलागी भएको हो । दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा दुई बजे तिर आगो नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ९ : ०४ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,