४ पुस २०८२, शुक्रबार | December 19, 2025

कांग्रेस सभापति देउवाद्धारा छठपर्वको शुभकामना व्यक्त



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छठपर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन ।

छठपर्वलाई नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले अति श्रद्धाका साथ सूर्य भगवानको आराधना गरेर मनाइने महत्त्वपूर्ण र पवित्र पर्व भन्दै सभापति देउवाले सम्पूर्ण तराईवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सफलताका लागि शुभकामना प्रकट गरेका हुन ।

उनले नेपाल विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजले सम्पन्न मुलुक भएको बताए । यी प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने सद्‍भावयुक्त परम्परा रहेको पनि उनको भनाइ छ ।

सबै चाडपर्वहरू सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर रहेको उल्लेख गर्दै सभापति देउवाले चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गरी सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको बताएका छन ।

उनले कोभिड-१९ संक्रमणको जोखिम रहेको अवस्था रहेकोले स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णरूपले पालना गर्दै भौतिक दूरी कायम गरेर पर्व मनाउन आग्रह पनि गरेका छन ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ७ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको