६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

नेपालगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका वडा नं. ११ की ६८ वर्षीया महिलाको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि ति महिलालाई नेपालगन्ज मेडिकल कलेजमा गत कात्तिक २८ गते भर्ना गरिएको थियो त्यसपछि गरिएको पीसीआर परीक्षणमा उनलाई २९ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

मेडिकल कलेजमा उपचाररत रहेकै अवस्थामा स्वास्थ्यमा सुधार नआएपछि उनलाई परिवारको आग्रहमा भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

तर, उनको अवस्था निरन्तर कमजोर बन्दै गएर शनिबार दिउँसो ३ बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

यससँगै बाँकेका कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ५ : ३६ बजे

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३

संघीय संसदको अधिवेशन चैत्र १६ गतेदेखि आह्वान गर्ने तयारी

काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले नै फागुन २१